Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

युवा पर्यटन व्यवसायी रोहित कार्की सम्मानित


ग्लोबल पाना
बिहीबार , असार ६ २०८१
  • 388
    SHARES

  • images
    युवा पर्यटन व्यवसायी रोहित कार्की सम्मानित

    काठमाडौं । होलिडे ट्रिप नेपाल ट्राभल एण्ड टुर्स प्रालिका प्रवन्ध निर्देशक ,युवा पर्यटन व्यवसायी तथा गोखार्ली रग्बी क्लबका संस्थापक अध्यक्ष समाजसेवी रोहित कार्की सम्मानित भएका छन् ।

    images
    images
    images

    बिहिवार ग्यास्टोनोमी टुरिजम एसोसियसन अफ नेपालको चौथो वार्षिकोत्सवको शुभ–अवसरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नागरिक जनजीवनका लब्ध प्रतिष्ठित र विशिष्ट महानुभावहरूको उपस्थितिमा आयोजना गरेको “ मौलिक तथा परम्परागत खानाको भूमिका” बिषयक बिचार गोष्ठी, सगरमाथा आधार शिविर कालापत्थरमा मे २०२५ मा हुन गइरहेको विश्व सेफ शिखर सम्मेलनको घोषणा सभा कार्यक्रमा प्रमुख अतिथि माननीय प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानाले भव्य समारोहका बीच कार्कीलाई सम्मान गर्नु भएको हो।

    सामाजिक कार्यमा समेत सक्रिय सम्मानित जोशीला युवा कार्की विभिन्न सामाजिक संघसंस्थामा आवद्धता भएका निरन्तर काम गर्न सक्ने क्षमतावान, दक्ष र उदाहरणीय युवा उद्यमी अभियन्ता पनि हुन् । पर्यटन व्यवसायी,प्रखर वक्ता, समाजसेवी, खेलकुद अभियन्ता समेत हुन् ।

    लामो समय पर्यटन, खेलकुद प्रवद्धर्न, विकास, सामाजिक सेवा र आर्थिक समृद्धिको क्षेत्रमा काम गरेका रोहित कार्की सामान्य र सरल स्वभावका विभिन्न संघसंस्थामा आवद्ध छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ