Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

प्रभु बैंक र बन्दिपुरका विभिन्न ९ होटल तथा रेष्टुरेण्टबीच विशेष छुट सम्झौता


ग्लोबल पाना
शुक्रबार, असार ७ २०८१
  • 251
    SHARES

  • images
    प्रभु बैंक र बन्दिपुरका विभिन्न ९ होटल तथा रेष्टुरेण्टबीच विशेष छुट सम्झौता

    काठमाडौं । प्रभु बैंकले तनहुँको बन्दिपुरस्थित होटेल तथा रेष्टुरेण्टसँग आफ्ना कर्मचारी तथा ग्राहकलाई उपलब्ध सेवाहरुमा बिशेष छूट दिने बारे सम्झौता गरेको छ । बन्दिपुरमा अवस्थित बन्दिपुर ईको होटल प्रालि,पहेरिटेज गेष्ट हाउस एण्ड रेष्टुरेण्ट, होटल दरबार हिमालय, फाल्चा खाजा घर, बहिदार घर क्याफे, गुड होटल प्रालि, हिल्स सेभेन रेष्टुरेण्ट एण्ड लज, होटल तिनधारा, वल्र्ड हाउस क्याफे एण्ड लज बीचमा छूट सम्झौता भएको कम्पनीले बताएको छ ।

    images
    images
    images

    हालैमात्र छुट्टाछुट्टै समारोहका बीच सम्पन्न सम्झौतामा बन्दिपुर ईको होटल प्रालिको तर्फबाट निर्देशक सूर्यप्रसाद ढकाल, हेरिटेज गेष्ट हाउस एण्ड रेष्टुरेण्टका प्रोपाइटर संगिता प्रधान, होटल दरबार हिमालयका प्रोपाइटर सीर कुमारी गुरुङ, फाल्चा खाजा घरका प्रोपाइटर मिनु प्रजापति, बहिदार घर क्याफेका प्रोपाइटर प्रतिमा श्रेष्ठ, गुड होटल प्रालिका निर्देशक बिश्व प्रकाश सुल्पे तथा प्रभु बैंकका तर्फबाट डुम्रे शाखाको शाखा इन्चार्ज बिटु माया बस्नेतले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् ।


    यसैगरी, कम्पनीले सोही छूट दिने सम्झौतामा हिल्स सेभेन रेष्टुरेण्ट एण्ड लजका प्रोपाइटर रबी शान्ति पिया, होटल तीनधाराका प्रोपाइटर सुमन सन श्रेष्ठ, वल्ड हाउस क्याफे एण्ड लजका प्रोपाइटर नन्दा पियासँग पनि सम्झौता गरेको बताएको छ ।

    सम्झौता अनुसार कम्पनीका ग्राहकहरु,कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारीका परिवारजनले उल्लेखित होटल तथा रेष्टुरेण्टमा उपलब्ध सेवाहरुमा ५ प्रतिशतदेखि २० प्रतिशतसम्म छूट प्राप्त गर्न सक्नेछन् ।

    कम्पनीले आफ्ना कर्मचारी तथा ग्राहकहरुले बैंकसँगको आबद्घताको प्रमाणको आधारमा यो सुबिधा सहजै प्राप्त गर्न सक्ने पनि बताएको छ ।नेपालभर ३०६ शाखा कार्यलयहरु, २८६ एटीएम साथै ७० भन्दा बढि एक्सटेन्सन काउन्टरमार्फत कम्पनीले आधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै आएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ