Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

जापानको टोकियोमा ‘कमेडी एण्ड म्यूजिक कन्सर्ट-२०२४’ हुँदै


ग्लोबल पाना
शुक्रबार, असार ७ २०८१
  • 322
    SHARES

  • images
    जापानको टोकियोमा ‘कमेडी एण्ड म्यूजिक कन्सर्ट-२०२४’ हुँदै

    टोकियो। जापानको राजधानी टोकियोमा ‘कमेडी एण्ड म्यूजिक कन्सर्ट-२०२४’ हुने भएको छ। पूर्वी नेपाल विकास सहकार्य केन्द्र जापानले आगामी जुलाई २८ तारिखका दिन टोकियोमा कन्सर्ट आयोजना गर्न लागेको हो। कन्सर्ट ‘समुदायमा शिक्षा’ तथा ‘विपन्न कृषि व्यवसाय प्रोत्साहन कार्यक्रम’ सञ्चालनार्थ आयोजना गरिएको संस्थाले जनाएको छ। पूर्वी नेपाल विकास सहकार्य केन्द्रले प्रस्तावनामार्फत सम्पूणर् कुराको जानकारी दिएको छ।

    images
    images
    images

    समुदायमा शिक्षा अभियान सञ्चालनका लागि पूर्वी नेपाल विकास सहकार्य केन्द्र जापान मातहतमा एउटा छुट्टै स्वतन्त्र संरचना बनाइने छ भने आधारभूत विद्यालय तहमा बढी विद्यालय छाड्ने समुदायको पहिचान र छनोट गरी कार्यक्रम लागू गरिने छ।

    स्थानीय सरकार र विद्यालयसँग समन्वय गरेर अतिरिक्त क्रियाकलाप, खेलकुद, स्वास्थ्य र सरसफाइ सम्बन्धी जीवनोपयोगी सिकाइलाई महत्त्व दिइने संस्थाले जनाएको छ।

    विपन्न कृषि व्यवसाय प्रोत्साहन कार्यक्रमअन्तर्गत केन्द्रले सिधै वा स्थानीय संघसंस्था तथा क्लबसँग समन्वय गरी कार्यक्रम सञ्चालन गरिनेछ । जसअनुसार अति विपन्न ३० परिवारलाई पशुपालन गर्न १५ हजारसम्म सहयोग गरिने छ। २ वर्षपछि सहयोग प्राप्त परिवारले एक नयाँ परिवारलाई आफूले लिएको सहयोग संख्याको पाठो सहयोग गर्नुपर्ने कार्यक्रमको ढाँचा हुने केन्द्रले उल्लेख गरेको छ।

    कन्सर्ट कार्यक्रम नाकानो जिरो हलमा बेलुका ५ बजेदेखि ९ बजेसम्म हुनेछ । जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी प्रमुख अतिथि रहने कन्सर्टमा कलाकारहरू मनोज गजुरेल, एलिना चौहान, धिरज राई ,विष्णु सापकोटा र डिजराज पौडेलको प्रस्तुति रहनेछ। यसका साथै जापानमा रहेका नेपाली कलाकार र जापानी ब्याण्डहरुको पनि प्रस्तुति रहने आयोजकले जनाएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ