Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

शान्ति प्रक्रियाको काम चाँडै पूरा हुन्छ : मन्त्री श्रेष्ठ


ग्लोबल पाना
शनिबार, असार ८ २०८१
  • 354
    SHARES

  • images
    शान्ति प्रक्रियाको काम चाँडै पूरा हुन्छ : मन्त्री श्रेष्ठ

    काठमाडौं । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले शान्ति प्रक्रिया नटुङगिएका कारण अहिलेको परिवर्तन ‘सहिद’ नै रहेको बताएका छन् ।

    images
    images
    images

    शनिबार काठमाडौंमा आयोजित स्मृतिमा पद्यमरत्न तुलाधार पुस्तक विमोचन कार्यक्रममा उनले, शान्ति प्रक्रिया नटुङगिएको कारण अहिलेको परिवर्तन सहिद नै रहेको भन्दै संक्रमणकालिन न्यायसँग सम्बन्धित काम छिटो भन्दा छिटो पूरा गर्ने प्रतिवद्धताकासाथ अगाडि बढिराखेको बताए ।

    उनले भने, ‘नेपाल अहिले शान्ति प्रक्रियाको कारणले गर्दा हालको परिवर्तन सहिद छ । शान्ति प्रक्रियाको काम अझै गर्न बाँकी छ । संक्रमणकालीन न्यायसँग सम्बन्धित काम छिटो भन्दा छिटो पूरा गर्ने प्रतिवद्धताकासाथ अगाडि बढ्नुपर्नेछ ।’ उनले स्वर्गीय पद्यमरत्न तुलाधार एक वहुआयामिक व्यक्तित्व रहेको स्मरण गरे ।

    तुलाधारले उत्पीडित भाषा र सांस्कृतिको पक्षमा भएको आन्दोलनको नेतृत्व गर्नका साथै त्यो आन्दोलनमार्फत नेपालको यथास्थितिवाद र राजनीतिक निरङकुशताका विरुद्ध पनि संघर्ष झेलेको बताए । उनले भने,‘पद्यमरत्न तुलाधार दाईसँग अत्यन्तै भावनात्मक सम्बन्ध रहेको थियो ।

    उहाँ भाषा, सांस्कृतिक आन्दोलनको नायक हुनुहुन्थ्यो । उहाँले उत्पीडित भाषा र सांस्कृतिको पक्षमा आन्दोलनको नेतृत्व त गर्नु नै भयो । तर त्यो आन्दोलन खाली भाषा र संस्कृतिको आन्दोलन मात्र थिएन । उहाँले त्यो आन्दोलनमार्फत नेपालको यथास्थितिवादविरुद्ध राजनीतिक निरङकुशताका विरुद्ध पनि संघर्ष झेल्नु भएको थियो ।’

    उनले तुलाधारको योगदानलाई सदैव सम्मान गर्दै उहाँले देखेका सपनाहरु पूरा गर्न सबै जना लागि पर्नुपर्ने बताए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ