Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

सौन्दर्यविद् उत्कृष्ट सेवा सम्मान २०८१ बाट महरा सम्मानित


ग्लोबल पाना
आइतबार, असार ९ २०८१
  • 307
    SHARES

  • images
    सौन्दर्यविद् उत्कृष्ट सेवा सम्मान २०८१ बाट महरा सम्मानित

    काठमाडौं । सौन्दर्य व्यवसाय फर्म फेसियल हाउसकी प्रबन्ध निर्देशक र काठमाडौं उद्योग वाणिज्य संघकी सचिव एवम् उद्यमी व्यवसायी बरिष्ठ सौन्दर्यविद् सुष्मा महरा बर्षकै राष्ट्रिय सौन्दर्यविद् उत्कृष्ट सेवा सम्मान २०८१ बाट सम्मानित हुनुभएकाे छ ।

    images
    images
    images

    शनिबार राष्ट्रिय नाचघर जमलमा तिलक फिल्मस प्रालिको आठौं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको बिशेष समारोहमा प्रमुख अतिथि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले भव्य समारोहका बीच सौन्दर्यविद्  महरालाई सम्मान गर्नु भएको हो।

    बिगत २६ बर्ष देखि सौन्दर्य क्षेत्र हुदै सामाजिक कार्यमा समेत सक्रिय सम्मानित महरा बरिष्ठ सौन्दर्यविद एवम् उद्यमी व्यवसायी हुन् । महरा नेपालकै अग्रणी सौन्दर्य व्यवसाय फर्म फेसियल हाउसकी संचालक तथा प्रबन्ध निर्देशक र काठमाडौं उद्योग वाणिज्य संघको सचिवका रुपमा काम गर्दै आएकी छिन् ।

    जसले व्यवसायिक रुपमा हुँदा खाने देखी हुने खानेसम्म र शुभकार्य, सौन्दर्य प्रतियोगिता, गीत संगीत देखी चलचित्रसम्मलाई सेवा प्रवाह गर्दै आएकी छिन् । त्यसो त यस माझमा उनले आफनै बलबुतामा फेसियल हाउसलाई बिस्तार गर्दै हालसम्ममा ८ वटा शाखा संजाल खडा गरेकी छिन् ।

    जुन धेरै महिलाहरुका लागि प्रेरणादायी स्रोत बन्दै आएको छ । राज्यलाई झक्झकाउने सवाल होस् वा आम महिला दिदी बहिनीहरुलाई झक्झकाउने कार्य, यसका निम्ती उनले सदैव अग्रपंतिमा रहेर काम गर्दै आएकी छिन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ