Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

सिटिजन लाइफ इन्स्योरेन्सको सिटिजन बचत वृद्धि योजना आजबाट सार्वजनिक


ग्लोबल पाना
सोमबार, असार १० २०८१
  • 320
    SHARES

  • images
    सिटिजन लाइफ इन्स्योरेन्सको सिटिजन बचत वृद्धि योजना आजबाट सार्वजनिक

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सिटिजन बचत वृद्धि योजना आजबाट सार्वजनिक गरेको छ । सिटिजन बचत वृद्धि योजना एक युनिभर्सल जीवन बीमा योजना हो जसले भविष्यको लागि बचत वृद्धि गर्ने अवसर प्रदान गर्नुका साथै मानवलाई आइपर्ने आर्थीक क्षतीबाट बीमितलाई सुरक्षा प्रदान गरी परिवारको आर्थिक भविष्य पनि सुरक्षित गर्दछ । सबैद्वारा समान बीमाशुल्कमा खरिद गर्न सकिने यस जीवन बीमा योजना, अन्तराष्ट्रिय बजारमा निकै नै प्रचलित छ । यसअघिको बीमा योजनाहरुमा उमेरको आधारमा बीमाशुल्क फरक हुने गरेकोमा यस नयाँ योजनामा उमेरको कारण बीमाशुल्क फरक नहुने कम्पनीले जनाएको छ । यस योजनामा लोयल्टी रिवार्ड समेत समावेश गरिएको छ । सिटिजन लाइफ इन्स्योरेन्समा भएका उत्कृष्ट योजनाहरु मध्य सिटिजन बचत वृद्धि योजना पनि एक हो । थोरै लगानी गरी धेरै लाभ उठाउन सकिने यस योजनामा सारिक हुनका लागि न्यूनतम उमेर १८ बर्ष पुगेको हुनु पर्ने छ भने अधिकतम उमेर ५५ बर्ष रहेको छ र यस योजनाको म्याचुरीटी ७० बर्ष सम्ममा हुने व्यवस्था रहेको छ ।

    images
    images
    images

    यस योजनमा बीमाशुल्क भुक्तानी गरे वापत यस योजनाको शर्त तथा बन्देजको अधिनमा जुन घटना घटेमा भुक्तानी दिने भनिएको हो सो घटना घटेमा बीमाङ्क रकम वा अकाउन्ट भ्यालु बीमितलाई भुक्तानी गरिन्छ । बीमाङ्क रकम भन्नाले बीमालेख अन्तर्गत बीमितको मृत्यु लाभ निर्धारण गर्नका लागि बीमालेखको अनुसूचीमा उल्लेखित बीमाको रकमलाई बुझिन्छ । अकाउन्ट भ्यालु भन्नाले बीमाशुल्कबाट बीमा रक्षावरण शुल्क, प्रशासनिक खर्चहरु र बीमाशुल्कसंग सम्बन्धित खर्चहरु (यदि भएमा) घटाई, लगानी आय र लोयल्टी रिवार्डलाई जोडी आउने संचित रकम भनेर बुझिन्छ ।

    यस बीमा योजनामा न्यूनतम वार्षिक बीमाशुल्क रु १२ हजार रहेको छ र न्यूनतम बीमा अवधि १० बर्ष रहेको छ । बीमितले बीमाशुल्क एकल, वार्षिक, अर्धवार्षिक र त्रैमासिक रुपमा बुझाउन पाउने वयवस्था रहेको कम्पनीले जनएको छ ।  कम्पनीले थप सुविधाहरु “दुर्घटनाबाट मृत्यु लाभ, स्थायी पूर्ण अशक्तता  लाभ, स्थायी आंशिक अशक्तता लाभ” पनि यसै योजना भित्र समावेश गरेको छ । पुराना योजनाहरुमा स्थायी पूर्ण अशक्तता  हुँदा मात्र लाभ पाईन्थ्यो भने यस योजनामा स्थायी आंशिक अशक्तता हुँदा पनि लाभ पाइने व्यवस्था रहेको छ ।

    २०८१ साल अषाढ ९ गते, आइतबारको दिन सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको प्रधान कार्यालय, थापाथलीमा आयोजित कार्यक्रममा संचालक समिति र व्यवस्थापन समुहद्वारा यस नयाँ योजना सार्वजनिक गरिएको हो । कम्पनीले समान्य जनता माझ बचतको भावनालाई प्रेरित गर्न र आम जनतालाई बीमामैत्री बनाउनका लागि यस योजना ल्याएको बताएको छ । बीमा योजनाहरूले प्रदान गर्ने अतिरिक्त बचत र भविष्य-केन्द्रित लाभहरू चाहने व्यक्तिहरूको लागि यस सिटिजन बचत वृद्धि योजना एक उत्कृष्ट विकल्प हो । यस योजनाको विस्तृत विवरण कम्पनीको वेबसाइटमा पनि उपलब्ध छ साथै यस योजना बारे थप जानकारीको लागि नजिकै रहेको सिटिजन लाइफ इन्स्योरेन्सको शाखा/ उपशाखा कार्यालयमा सम्पर्क गर्नुहुन कम्पनीले अनुरोध गरेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ