Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

गरिमा विकास बैंकका ग्राहकलाई ६०% सम्मको छुट


ग्लोबल पाना
सोमबार, असार १० २०८१
  • 279
    SHARES

  • images
    गरिमा विकास बैंकका ग्राहकलाई ६०% सम्मको छुट

    काठमाडौं। गरिमा विकास बैंक लिमिटेडका ग्राहकले विभिन्न व्यवसायिक संस्थाका वस्तु तथा सेवामा विशेष छुट प्राप्तगर्ने भएका छन्। शिक्षा,स्वास्थ्य तथा दैनिक उपभोग्य वस्तु तथा सेवा आपूर्तिकर्ताहरूसँगको समन्वयमा विकास बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने व्यवस्था विकास बैंकले मिलाएको हो।सम्झौता पश्चात गरिमा विकास बैंकको डेविट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुले उपलब्ध गराउने विभिन्न साम्रगी तथा सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन्।

    images
    images
    images

    विकास बैंकका ग्राहकहरुले युएसएमा आधारित कोडिङ शैक्षिक संस्थाको अधिकृत साझेदार ‘मेन्टरल्याब इडिएक्स’ ले प्रवाह गर्ने सेवामा अधिकतम ६०% सम्म छुट पाउने छन् ।

    मेन्टरल्याब इडिएक्सले बालबालिकाहरुलाई कोडिङ र एआई बुझ्न विशेष मद्दत गर्ने गर्दछ । यसैगरी विकास बैंकका ग्राहकहरुले लगनखेल ललितपुरमा अवस्थित पेडल साईकल हाउसमा साइकल खरिदमा अधिकतम १५% र तिलोत्तमा ५ रुपन्देहीमा अवस्थित एनजी मार्केटका वस्तु तथा सेवाहरुमा अधिकतम १०% सम्म छुट प्राप्त गर्न सक्नेछन्। यस किसिमको सहकार्यबाट विकास बैंकका डेविट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ