Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

निलम्बित मुख्य सचिव अर्याल योजना आयोगमा सरुवा


ग्लोबल पाना
सोमबार, असार १० २०८१
  • 281
    SHARES

  • images
    निलम्बित मुख्य सचिव अर्याल योजना आयोगमा सरुवा

    काठमाडौं। सरकारले निलम्बित मुख्यसचिव बैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा विशेष पद सिर्जना गरेर सरुवा गर्ने निणर्य गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले भ्रष्टाचार आरोपमा विशेष अदालतमा मुद्दा दर्ता भएपछि स्वतः निलम्बनमा परेका अर्याललाई योजना आयोगमा राजपत्रांकित विशिष्ट श्रेणीको मुख्यसचिवसरहको विशेष पद सिर्जना गरी सरुवा गर्ने निणर्य गरिएको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्।

    images
    images
    images

    अर्यालको अवधिभर उक्त विशेष पद कायम रहने र त्यसपछि स्वत उक्त पद खारेज हुने उनको भनाइ छ। अर्याल निलम्वनमा परेपछि सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयकी सचिव लीलादेवी गड्तौलालाई निमित्त मुख्यसचिवको जिम्मेवारी दिएको छ।

    यस्तै बैठकले चालू आर्थिक वर्ष २०८०-८१ मा स्थानीय तहलाई हस्तान्तरण हुन बाँकी वित्तीय समानीकरण अनुदानबापतको रकम स्थानीय तहमा पठाउने निणर्य गरेको उनले बताइन्। चालू आर्थिक बर्षमा विनियोजन भएको ८७ अर्ब ३५ करोड २९ लाख मध्ये त्यसको ९३ प्रतिशत हुने गरी १६ अर्ब ७९ करोड २२ लाख हस्तान्तरण गर्ने निणर्य भएको प्रवक्ता शर्माले जानकारी दिइन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ