Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

कपिलवस्तु कारागारबाट सुरुङ्ग खनेर भागेका कैदी पक्राउ


ग्लोबल पाना
मंगलबार, असार ११ २०८१
  • 240
    SHARES

  • images
    कपिलवस्तु कारागारबाट सुरुङ्ग खनेर भागेका कैदी पक्राउ

    ✍️प्रिन्स मिश्रा

    images
    images
    images

    कपिलवस्तु। कपिलवस्तु कारागारबाट १४ वर्ष अघि सुरुङ्ग खनेर फरार भएका एक फरार कैदीलाई प्रहरीले पक्राउ गरेको छ ।

    भारत उत्तर प्रदेश सिद्धार्थनगर चिलिया घर भएका स्कुल मिया अन्सारी भनिने मोहम्मद स्कुललाई शिवराज नगरपालिका वडा नं. ७ चन्द्रौटाबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक नवरत्न पौडेलले बताए ।

    २०६६ साल माघ २ गते कपिलवस्तु कारागारबाट ८ जना कैदीहरु सुरुङ्ग खनेर भागेका थिए । पक्राउ परेका खान उपर ५ महिना ९ दिन कैद र ४ लाख ५० हजार जरिवाना तोकिएको छ ।

    प्रहरीले हाल सम्म १ सय २६ फरार प्रतिवादीहरु पक्राउ गरेको छ । उनीहरुको कैद अवधि १ सय ४७ वर्ष १० महिना बांकी रहेको प्रहरीले जनाएको छ ।

    विशेष सूचना र खोजीबाट फरार कैदीहरुको जिल्लामा धमाधम पक्राउ पर्दै गएको प्रहरी उपरीक्षक पौडेलले बताए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ