Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

गोरखा सिरानचोक गाउँपालिकाको १४औं गाउँसभा अधिवेशन सम्पन्न


ग्लोबल पाना
मंगलबार, असार ११ २०८१
  • 280
    SHARES

  • images
    गोरखा सिरानचोक गाउँपालिकाको १४औं गाउँसभा अधिवेशन सम्पन्न

    गोरखा । सिरानचोक गाउँपालिकाको चौधौँ गाउँसभा अधिवेशन सम्पन्न भएको छ । छोप्राक स्थित श्री मण्डली माबिको सभा हलमा पालिका अध्यक्ष ज्ञानेन्द्र गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष रिता देवकोटा, प्रशासकीय अधिकृत प्रकाश घिमिरे तथा कार्यपालिका सदस्यहरूको उपस्थिति रहेको थियो ।

    images
    images
    images

    आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रमको समीक्षा गर्दै अध्यक्ष गुरुङले पालिकाले आर्थिक, सामाजिक, पूर्वाधार, वातावरण तथा बिपद् व्यवस्थापन र संस्थागत तथा सुशासन विकासमा सन्तोषजनक सुधार भएको बताए ।

    यसैगरी गरी आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रममा कृषि, पर्यटन, शिक्षा, पूर्वाधार विकास र बेरोजगारीलाई रोजगारको व्यवस्थापन गरी वैदेशिक रोजगारीलाई न्यूनीकरण गर्ने लक्ष रहेको गुरुङले बताए ।

    त्यस्तै, आर्थिक वर्ष २०८१-८२ को बजेट वक्तव्यमा पालिका उपाध्यक्ष रिता देवकोटाले ७५ करोड ६४ लाख ४८ हजार ९ सय ९९ रुपैयाँ अनुमानित आय पेस  गरेकी थिइन् ।

    विषय क्षेत्रगत रूपमा मुख्य कार्यक्रम तथा विनियोजन गरिएको वार्षिक बजेटमा आर्थिक विकासको क्षेत्रमा १ करोड ५२ लाख ४० हजार, सामाजिक क्षेत्रमा २ करोड २८ लाख ६० हजार, पूर्वाधार क्षेत्रमा २ करोड २८ लाख ६० हजार, वन, वातावरण तथा विपद् व्यवस्थापनमा ७६ लाख २० हजार र संस्थागत विकास तथा सुशासनको लागि ७६ लाख २० हजार रहेको छ ।

    यसैगरी आर्थिक वर्ष २०८१-८२ मा ८ वटा वडालाई वडा स्तरीय योजना तथा कार्यक्रमको लागि चाहिने आवश्यक रकम ५ करोड ८ लाख विनियोजन गरिएको छ । वडा नम्बर १ लाई ६३ लाख ७७ हजार, वडा नम्बर २ लाई ६० लाख ९८ हजार, वडा नम्बर ३ लाई ६० लाख ३६ हजार, वडा नम्बर ४ लाई ६४ लाख ९६ हजार, वडा नम्बर ५ लाई ६४ लाख ६३ हजार, वडा नम्बर ६ लाई ६७  लाख ८० हजार, वडा नम्बर ७ लाई ६५ लाख ९० हजार र वडा नम्बर ८ लाई ६९ लाख ६० हजार बजेट विनियोजन गरिएको छ ।

    यसैगरी दिगो विकासका लक्षहरू कार्यान्वयनका लागि भने २ करोड विनियोजन गरिएको छ ।

    कार्यक्रममा सहभागीहरूले प्रश्न गर्नुका साथै सुझाव समेत दिएका थिए भने वडा नम्बर ५, ६ र ७ का जनप्रतिनिधिहरूले केही असन्तुष्टि व्यक्त गरेता पनि चौधौँ गाउँसभाको आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रम बहुमतले स्वीकृत गरेको थियो ।

    कार्यक्रममा ८ ओटै वडाका जनप्रतिनिधिहरू, कर्मचारी, बुद्धिजीवी, सरोकारवाला ब्यक्ति, पत्रकार र स्थानीयको उपस्थिति रहेको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ