Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

कृषि विकास बैंकद्धारा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम संम्पन्न


ग्लोबल पाना
मंगलबार, असार ११ २०८१
  • 876
    SHARES

  • images
    कृषि विकास बैंकद्धारा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम संम्पन्न
    काठमाडौं ।  कृषि विकास बैंक लि. बागमती प्रदेश कार्यालय गौंशालाको आयोजनामा संस्थागत उत्तरदायित्व कार्यक्रम अन्र्तगत श्री चण्डेश्वरी माध्यामिक बिद्यालयलाई असार ११ गते एक कार्यक्रमको आयोजना गरी आर्थिक सहयोग रकम हस्तान्तरण गरेको छ । सो आर्थिक सहयोगबाट टोखा नगरपालिका वडा नं. २ मा रहेकोे बिद्यालयले अफिस टेबल, कुर्सि लगायत अध्ययनरत बिधार्थीहरुको लागि विविध शैक्षिक तथा खेलकुद सामाग्री खरिद गर्नेछ ।

    कृषि विकास बैंक लि का उपमहाप्रबन्धक यज्ञ प्रकाश न्यौपानेले सो सहयोग रकम बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष सबिना श्रेष्ठ र बिद्यालयका प्रधानाध्यापक देबकि रेग्मी ढकाललाई संयुक्तरुपमा हस्तान्तरण गर्नुभएको हो । आर्थिक सहयोग रकम हस्तान्तरण कार्यक्रममा कृषि विकास बैंक लि. बागमती प्रदेश कार्यालयका निर्देशक गिरीधारी पौडेल, टोखा नगरपालिका वडा नं. २ का वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठ, बैंकका सामाखुसी शाखा प्रबन्धक रमेश कुमार अर्याल, शाखा बुढानिलकण्ठका प्रबन्धक संजयराज श्रेष्ठ, शाखा महाराजगंजका प्रबन्धक रमेश मिश्र, टोखा नगरपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख खगेन्द्र सिं धामी लगायतका अन्य विशिष्ट ब्यक्तिहरुको उपस्थिति रहेको थियो । 

    कार्यक्रमका प्रमुख अतिथि उपमहाप्रबन्धक यज्ञ प्रकाश न्यौपानेले बैंकले ब्यबसायिक गतिबिधि संगसंगै सामाजिक उत्तरदायित्व अन्र्तगत शिक्षा, स्वास्थ्य, वातावरण तथा संस्कृतिक संरक्षण सम्बन्धी परोपकारी कार्य गर्दै आईरहेको र आगामी दिनमा सम्पूर्ण बैकिङ्ग सुविधा सहितको घर आँगनको बैंकको रुपमा यस्ता कार्यक्रमलाई निरन्तरता  दिने प्रतिबद्धता समेत ब्यक्त गर्नु भयो । कार्यक्रममा बागमती प्रदेश कार्यालयका निर्देशक गिरीधारी पौडेलले बैंकले संञ्चालन गर्दै आईरहेका विविध संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमहरुको बारेमा प्रकाश पर्नु भएको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ