Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

जिसस कास्कीद्वारा खानेपानीका आयोजना अनुगमन योजनाका गुणस्तरीयता र दिगोपनामा ध्यान दिऔ : जिसस प्रमुख पौडेल


ग्लोबल पाना
बिहीबार , असार १३ २०८१
  • 204
    SHARES

  • images
    जिसस कास्कीद्वारा खानेपानीका आयोजना अनुगमन  योजनाका गुणस्तरीयता र दिगोपनामा ध्यान दिऔ : जिसस प्रमुख पौडेल

    पोखरा ,असार १२ । जिसस कास्कीद्वारा  बुधबार कास्कीमा सन्चालित बिकास आयोजनाको अनुगमन गर्ने क्रममा बुधबार खानेपानी आयोजना अनुगमन गरिएको छ। जिल्ला समन्वय समिती कास्कीका प्रमुख लिलाधर  पौडेल नेतृत्वको टोलिले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको मातहतमा पोखरा ३१ मा निर्मित कुर्लुङ खोला लिफ्टिङ्ग  खानेपानी आयोजना र पोखरा ११ मा निर्मित काहु डाडा  लिफ्टिङ्ग  खानेपानी आयोजनाको  अनुगमन गरेको हो ।

    images
    images
    images

    अनुगमनका क्रममा पौडेलले बहुबर्षिय आयोजनामा अति न्यून बजेट बिनियोजित हुनु ,संचालित कतिपय आयोजनामा बजेट अभाबका कारण आयोजनाको गुणस्तर प्रभाबित भएको देखिएको उल्लेख गर्नुभयो । समयमा निर्माण कम्पनिलाइ भुक्तानी नहुदा कतिपय आयोजना अलपत्र पर्ने गरेको भन्दै केही आयोजनामा स्रोत सुनिश्चितता नहुदा निर्माणमा ढिला सुस्ती हुने गरेको उल्लेख गर्नुभयो।

    सो अबसरमा स्थानिय उपभोक्ताहरूले आयोजना संचालनमा देखिएका समस्या र चुनौतीहरूको बारेमा अनुगमन टोलिलाई अबगत गराएका थिए। स्थानीय बाताबरण मैत्रीपुर्ण योजनाको पूर्णता र  संचालन टड्कारो आबश्यकता भेको उल्लेख गर्दै प्रमुख पौडेलले गुणस्तर र योजनाको दिगोपनामा ध्यान दिन निर्माण कम्पनी सहित सरोकारवाला कार्यालयका कर्मचारीहरूलाइ आग्रह गर्नुभयो।

    सरकारले संघीयताको आबश्यकतालाई मध्यनजर गर्ने गरि बिकासका  कार्यक्रम सहित समृद्धिको महाअभियानलाई अघि बढाउनुको बिकल्प नभएको  उहाँको भनाइ थियो। अनुगमनमा  कास्कीका उप प्रमुख सरिता माल, जिल्ला समन्वय अधिकारी नवराज बराल, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख इन्जिनियर हरि प्रसाद तिमिल्सिना, जि स स कास्कीका पदाधिकारी तथा सदस्य, प्राबिधिक कर्मचारी सहित स्थानिय सरोकारवालाहरूको उपस्थिति रहेको जिसस कास्कीले जनाएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ