काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्नि सापकोटाले संविधानमा समाजवाद उल्लेख गरिए पनि राम्रो व्याख्या नगरिएको बताएका छन् ।शुक्रबार काठमाडौंमा आयोजित जगतबहादुर बोहराको जीवनी तथा संस्मरणहरू लोकार्पण समारोहमा उनले संविधानमा उल्लेख भएको समाजवादको व्याख्या गरेर जाने बेला आएको बताएका हुन् ।
उनले सारा तागत लगाएर नेपाली जनताको समाजवाद स्थापना गर्ने सपना साकार पार्नुपर्ने बताए । आफ्नो जीवनको अन्तिम घडीसम्म कुनै पनि कुरा त्याग्न परे आफू त्याग्न तयार रहेको उनको भनाइ छ । पूर्वसभामुख सापकोटाले प्रतिष्ठानलाई माथि उठाउन आफूले गर्नुपर्ने सबै सहयोग गर्न प्रतिबद्ध रहेको बताए ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


