Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

फेसियल हाउसलाई “बेस्ट युनिसेक्स सैलुन अफ नेपाल ” अवार्ड प्रदान


ग्लोबल पाना
शुक्रबार, असार १४ २०८१
  • 398
    SHARES

  • images
    फेसियल हाउसलाई “बेस्ट युनिसेक्स सैलुन अफ नेपाल ” अवार्ड प्रदान

    काठमाडौं । काठमाडौं उद्योग वाणिज्य संघकी सचिव एवम् उद्यमी व्यवसायी बरिष्ठ सौन्दर्यविद् सुष्मा महरा सञ्चालक रहेको सौन्दर्य व्यवसाय फर्म फेसियल हाउसलाई “बेस्ट युनिसेक्स सैलुन अफ नेपाल ” प्राप्त गरेको छ । बिहीबार होटल र्‍याडिसनमा नेपाल भारत संयुक्त आयोजनामा छैठौ अन्तराष्टिय इक्सिलेन्स अवार्ड २०२४ को भव्य समारोहकाबीच प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना, नेपाली चलचित्रका नायक भुवन केसी र भारतकी प्रख्यात अभिनेत्री एवम् राजनीतिज्ञ जया प्रदालगायतले सो अवार्ड फेसियल हाउसलाई “बेस्ट युनिसेक्स सैलुन अफ नेपाल ” हस्तान्तरण गरेका हुन् ।

    images
    images
    images

    फेसियल हाउसकी प्रबन्ध निर्देशक एवम् वरिष्ठ व्युटिसियन सुष्मा महराको अनुपस्थितिमा सो अवार्ड फेसियल आउसका प्रबन्धक वीरेन तामाङले ग्रहण गरेका थिए । नेपालकै अग्रणी सौन्दर्य व्यवसाय फर्म फेसियल हाउस काठमाडौं सहित देशका प्रमुख शहरमा शाखा कार्यालय रहेका छन् ।

    काठमाडौं महलमा केन्द्रीय कार्यालय रहेको फेसियल हाउसको सिटिसि मल, सुन्धारा, केएल टावर, चावहिल,पोखरा, सुर्खेत र नेपालगन्ज , धनगढी गरि कुल ८ शाखा कार्यालय रहेको छ ।करिब तीनसय हाराहारीमा रोजगारी दिदैं आएको फेसियल हाउसले ब्युटिसम्बन्धी तालिम दिनुका साथै हेयर, फेस सम्बन्धी समस्या मेकअप,माइक्रोब्लेडिङ, हेयर एक्सटेन्सन शुभकार्य, सौन्दर्य प्रतियोगिता, गीत संगीत देखी चलचित्रसम्मलाई सेवा प्रवाह गर्दै आएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ