Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

जिसस कास्कीद्वारा सडक डिभिजनका आयोजना अनुगमन


ग्लोबल पाना
शुक्रबार, असार १४ २०८१
  • 257
    SHARES

  • images
    जिसस कास्कीद्वारा सडक डिभिजनका आयोजना अनुगमन

    पोखरा, असार १४ । जिल्ला समन्वय समिति कास्कीले सडक डिभिजन कार्यालय मातहतका आयोजना शुक्रवार अनुगमन गरेको छ। जिसस प्रमुख लिलाधर पौडेल नेतृत्वको अनुगमन टोलिले आफ्नो कार्यतालिका अनुसार नियमित गरेको बताइएको छ।

    images
    images
    images

    जस अनुसार सडक डिभिजन कार्यालय पोखरा मातहतमा निर्माणाधीन पोखरा महानगर वडा न१७र २१ जोड्ने फुर्से  खोला दम्सादी  मोटरेबल पूल र पोखरा महानगर वडा न१३ र २८जोडने बिजयपुर खोला पुलको अनुगमन गरेको हो।

    पोखरा महानगर वडा न. १७ र २१ जोड्ने फुर्से  खोला दम्सादी  मोटरेबल पूलको कुल लागत २७ करोड ७७ लाख अनुमान भएर १८करोड २९ लाखमा मिति २०७५ असार २७गते  निर्माण सम्झौता भएको उक्त आयोजना २०८१ माघ २९ गते सम्म निर्माण  सम्पन्न गर्ने लक्ष्य राखिएको  र सो आयोजनाको ७१ प्रतिसत भौतिक प्रगति देखिएको छ।  ४ स्पानमा १२० मिटर लम्बाई र ११मिटर चौडाइ भएको उक्त सूर्य प्रेरणा एच एम कन्स्ट्रक्सन कम्पनीले निर्माण गरिरहेको  प्रमुख पौडेलले  जानकारी दिनुभयो ।

    त्यसैगरी सडक डिभिजन कार्यालय पोखरा मातहतमा निर्माणाधीन पोखरा महानगर वडा न१३ र २८जोडने बिजयपुर खोला  मोटरेबल पूलको कुल लागत ७ करोड ८२ लाख  रहेकोमा ७ करोड ३२ लाखमा मिति २०८० असार २२ गते  निर्माण सम्झौता भएको उक्त आयोजना २०८२ पुष २४ गते सम्म निर्माण  सम्पन्न गर्ने लक्ष्य राखिएको सो आयोजनाको ५० प्रतिसत भौतिक प्रगति देखिएको छ। 

    दुई स्पानमा ६० मिटर लम्बाई र ११ मिटर चौडाइ भएको उक्त पूल भिम ज्योति धन थान जे भि कम्पनीले निर्माण गरिरहेको सो पूल सडक डिभिजन पोखरा का इन्जिनियर  राहुल पाण्डेले जानकारी दिनुभयो । अनुगमन टोलिमा  जिसस कास्कीका उप प्रमुख सरिता माल, कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बराल, जिसस कास्कीका सदस्य, इन्जिनियर, प्राबिधिक सहित कर्मचारीहरूको उपस्थिति रहेको थियो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ