Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

तिवारी दम्पतीले अपाङ्ग सरोकार केन्द्र मा साटे विवाह वर्षगाँठको खुसी


ग्लोबल पाना
शनिबार, असार १५ २०८१
  • 277
    SHARES

  • images
    तिवारी दम्पतीले अपाङ्ग सरोकार केन्द्र मा साटे विवाह वर्षगाँठको खुसी

    काठमाडौं ।नुवाकोट बेलकोटगढी नगरपालिका वडा नं ११ अमारे स्थाई घर भइ हाल काठमाडौ तारकेश्वरमा खुशी नामक दुध डेरी सञ्चालन गर्दै आएका तिवारी दम्पतीले बैबाहिक बर्षगाठको अबसरमा अपाङ्ग सरोकार केन्द्र बालाजुमा खाद्यान्न सहयोग गर्नु भएको छ ।

    images
    images
    images

    नेपाल डेरी एसोशियसन बागमती प्रदेशको उपाध्यक्षको जिम्मेवारी वहन गर्दै आईरहेका धुर्ब तिवारी र उहाँकी श्रीमति पबि तिवारीले आफ्नो १४ औँ वैवाहिक वर्षगाँठको अवसरमा अपाङ्ग सरोकार केन्द्रका आश्रितलाई चामल, दाल, तरकारी,चिउरा, पनिर, घ्यु, नून, तेल लगायतका खाद्यान्न सहयोग गरेका छन् ।

    असल शासन, कोक्याप तथा काठमाडौं जेसिज जस्ता सामाजिक संघ–संस्थाहरुमा रहेर सक्रीय समाजसेवीको भूमिकामा देखा पर्दै विभिन्न संघ संस्थाहरुबाट सम्मानित हुने अवसर समेत पाउदै आएका तिवारीले वैवाहिक वर्षगाँठमा अनावश्यक खर्च गर्नुको साटो आश्रितलाई सामान्य सहयोग स्वरुप खाद्यान्न सहयोग गरिएको बताए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ