Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

इरानको राष्ट्रपति चुनावमा सुधारवादी उम्मेदवारको अग्रता


ग्लोबल पाना
आइतबार, असार १६ २०८१
  • 299
    SHARES

  • images
    इरानको राष्ट्रपति चुनावमा सुधारवादी उम्मेदवारको अग्रता

    काठमाडौं । इरानमा शुक्रबार भएको राष्ट्रपतीय निर्वाचनमा भएको मतदानपछि मतगणनाको रूझान आइरहेको छ जसमा अहिले सुधारवादी नेता भनिने मसुद पेजेस्कियानले अग्रता लिइरहेको देखिन्छ । पेजेस्कियानले अहिलेसम्म अग्रतामा रहेका सइद जलिलीलाई उछिनेका छन् भने उनीभन्दा मसुद पेजेस्कियान १० लाख मतले अगाडि छन् । शुक्रबार भएको मतदानमा कीर्तिमानी गिरावट देखिएको छ ।

    images
    images
    images

    संवाददाताहरूका अनुसार यसले इरानको सरकारी प्रणालीको वैधतामा गिरावट आएको संकेत गर्दछ। इरानको चुनावमा उम्मेदवार रहेका चारजना उम्मेदवारलाई अल्ट्रा-कन्जरभेटिभ गार्डियन काउन्सिलले चयन गरेको थियो। यो परिषद् सर्वोच्च नेता आयतोल्लाह अली खामेनी द्वारा तय गरिएको छ। ६९ वर्षीय मसुद पेजेस्कियान सुधारवादी भएकाले चुनाव लड्नु ठूलो निणर्य भएको बताइएको छ ।

    उनी पूर्व मुटु शल्यचिकित्सक तथा स्वास्थ्यमन्त्री भइसकेका छन् । यसबाहेक उनले इरानमा महिलाको कडा ड्रेस कोडमा इरानको मोरालिटी पुलिसको कारबाहीलाई अनैतिक भनेका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ