Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

विश्वका ‘कू’ तत्वहरुको आँखा नेपालमा परिरहेको छ : विप्लव


ग्लोबल पाना
आइतबार, असार १६ २०८१
  • 345
    SHARES

  • images
    विश्वका ‘कू’ तत्वहरुको आँखा नेपालमा परिरहेको छ : विप्लव

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपाल स्रोत साधन र सुन्दरताले भरिपूणर् रहेकाले विश्वका सम्पूणर् ‘कू’ तत्वहरुको आँखा नेपालमा परिरहेको बताएका छन् । आइतबार नेकपा एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा उनले सम्पूणर् ‘कू’ तत्वहरुको आँखा नेपालमा परिरहेको बताएका हुन् ।

    images
    images
    images

    उनले नेपालको स्रोत साधनलाई कब्जा गर्ने होडबाजी समेत निकै तिव्र ढङ्गले बढेको बताए । उनले भने,‘नेपाल आज एउटा पेचिलो परिस्थितिमा छ । नेपालको राष्ट्रिय स्वाधीनता विश्वको ध्रुविकृत राजनीति र नेपालको भू-राजनीतिको कारणले निकै ठूलो दबावमा छ । हाम्रो देश स्रोत साधन र सुन्दरताले भरिपूणर् छ । सुन्दरतामा सबैको आँखा पर्छ । सम्पूणर् कूतत्वहरुको आँखा नेपालमा परिरहेको छ । स्रोत साधनलाई कब्जा गर्ने होडबाजी निकै तिव्र ढङ्गले बढेको छ । ’ उनले सिंगो समाजवादी आन्दोलनलाई एकताबद्ध गर्नुपर्ने भन्दै समाजवादको यात्रा तय गर्ने आधारबारे छलफल गरेर अघि बढ्न ढिलाइ गर्न नहुने बताए ।

    नेकपा एस दुईवटा पूर्वप्रधानमन्त्री भएको पहिलो पार्टी रहेको र ऐतिहासिक भूमिका पूरा गरेर आएका व्यक्तित्वहरुको पार्टी भएको उनको भनाई छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ