Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

खनालको नेतृत्वमा १३ सदस्यीय अध्यक्ष मण्डल गठन : एकीकृत समाजवादी महाधिवेशन


ग्लोबल पाना
सोमबार, असार १७ २०८१
  • 275
    SHARES

  • images
    खनालको नेतृत्वमा १३ सदस्यीय अध्यक्ष मण्डल गठन : एकीकृत समाजवादी महाधिवेशन

    काठमाडौं। नेकपा (एकीकृत समाजवादी) को जारी महाधिवेशन अन्तर्गत बन्दसत्र सुरु भएको छ। प्रज्ञा प्रतिष्ठानको सभाहलमा सुरु भएको बन्दसत्रमा राजनीतिक दस्तावेज, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र सांगठनिक दस्तावेजमा छलफल गरिने छ।

    images
    images
    images

    पार्टीका पोलिटब्युरो सदस्य दिलु पन्तले बन्दसत्रमा प्रतिनिधिबीचमा दस्तावेज माथि छलफल गरिने जानकारी दिइन् महाधिवेशनमा एक हजार आठसय ४९ प्रतिनिधि सहभागी छन्।

    पारित हुने सिद्धान्त, नीति तथा वैचारिक दृष्टिकोणका आधारमा दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारी चयन गर्ने छ।

    यसैबीच महाधिवेशन सम्पन्न गर्न सम्मानित नेता झलनाथ खनालको नेतृत्वमा १३ सदस्यीय अध्यक्ष मण्डल गठन भएको छ। त्यसैगरी उपमहासचिव जगन्नाथ खतिवडाको नेतृत्वमा १५ सदस्यीय बहस नोट कमिटी नेताहरू डा. गंगालाल तुलाधर र डा.विजय पौडेलको नेतृत्वमा माइन्युट कमिटी गठन भएको छ।

    एमालेबाट अलग्गिएपछि एकीकृत समाजवादीले पहिलोपटक महाधिवेशन गरेको हो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ