Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

विदेशी नागरिकता र आवासीय अनुमतिपत्र लिएकालाई नियुक्तिमा कडाइ गर्नुपर्ने


ग्लोबल पाना
मंगलबार, असार १८ २०८१
  • 283
    SHARES

  • images
    विदेशी नागरिकता र आवासीय अनुमतिपत्र लिएकालाई नियुक्तिमा कडाइ गर्नुपर्ने

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विदेशी नागरिकता र आवासीय अनुमतिपत्र लिएका व्यक्तिलाई सार्वजनिक सेवाको पदमा नियुक्ति लिन नपाउने गरी व्यवस्था गर्न आग्रह गरेको छ । कतिपय सार्वजनिक निकायले यस्तो कानूनी व्यवस्था नगरेको कारण त्यस्ता व्यक्ति नियुक्ति हुनसक्ने अवस्था कायमै रहेकाले अख्तियारले त्यस्तो आग्रह गरेको हो । त्यस्ता व्यक्तिलाई सार्वजनिक सेवामा नियुक्ति गर्ने परिपाटीको अन्त्य गर्नेगरी मापदण्ड, कार्यविधि, निर्देशिका तयार गरी लागू गर्न अख्तियारको आग्रह छ ।

    images
    images
    images

    नेपाल सरकारबाट नियुक्ति हुनुपर्ने व्यक्तिको हकमा मन्त्रिपरिषदमा प्रस्ताव पेश गर्दाका बखत त्यस्ता व्यक्तिले विदेशी नागरिकता वा स्थायी आवासीय अनुमतिपत्र लिए नलिएको यकिन गर्न, निज व्यक्ति स्वयंले सो बारे गरेको घोषणा अनिवार्य रुपमा पेस गर्न लगाउन अख्तियारले भनेको छ ।

    अन्य सार्वजनिक निकायका हकमा पनि सोही बमोजिम कानूनी व्यवस्था गर्ने गराउने व्यवस्था गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत सबै निकायमा निर्देशन हुन सुझाव लेखी पठाउने भनेर आयोगले मिति २०८१।०१।१० मा नै निणर्य गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जनाएका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ