काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले प्रस्ताव गरेको २१.०५ प्रतिशत लाभांश पारित भएको छ । कम्पनीको मंगलबार सम्पन्न २३औँ र २४औँ वार्षिक साधारण सभाले यो नगद लाभांश प्रस्ताव पारित गरेको हो ।
कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्दलाल संघईका तर्फबाट प्रस्तुत भएका आ.व.२०७८/०७९ र आ.व. २०७९/०८० को वार्षिक कार्य प्रगति प्रतिवेदनहरू छलफल गरी पारित भएको छ ।
लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व.२०७८/०७९ र आ.व.२०७९/०८० को वासलात, नाफा-नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू उपर छलफल गरी स्वीकृत गरिएको छ ।
सभाले सञ्चालक समितिमा संस्थापक समूह (क) का शेयरधनीबाट तीनजना सञ्चालक, सर्वसाधारण समूह (ख) का शेयरधनीहरूको तर्फबाट तीनजना सञ्चालक तथा एकजना स्वतन्त्र सञ्चालक हुने गरी समूहगत प्रतिनिधित्व सम्बन्धमा नियमावलीमा संशोधन प्रस्ताव पनि पारित भएको छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


