Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा


ग्लोबल पाना
बिहीबार , असार २० २०८१
  • 318
    SHARES

  • images
    प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ। सत्ता समीकरणको प्रमुख घटक नेकपा एमालेले बुधबार साँझ सरकारलाई दिएको समर्थन फिर्ता लिदै सरकारमा सामेल आठ मन्त्रीले सामुहिक राजीनामा दिएपछि सरकार अल्पमतमा परेको हो। कांग्रेस र एमालेबीच नयाँ गठबन्धन बनाउने सहमति भएपछि एमाले सरकारबाट बाहिरिएको हो।

    images
    images
    images

    प्रधानमन्त्री प्रचण्डले गत जेठ ७ गते विश्वासको मत लिदा संसदका १५७ सांसदले विश्वासको मत दिएका थिए। तिमध्ये एमालेका ७९ सांसदले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको छ।

    संविधान अनुसार सरकारमा सहभागी दल मध्ये कुनै पनि दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा ३० दिन भित्र विश्वासको मत लिनु पर्ने प्रावधान रहेको छ। तर संसदमा रहेका प्रमुख ठुला दुई दल नै नयाँ सरकार बनाउने सहमति बनाएको अवस्थामा विश्वासको मत पाउने सम्भावना नभएपछि अब प्रधानमन्त्री प्रचण्डलाई राजीनामा गरेर सरकारबाट बाहिरिने दबाब बढेको छ।

    माओवादी केन्द्रले राजीनामा नदिएर विश्वासको मत लिने निणर्य गरेपनि प्रधानमन्त्री राजीनामाको मनस्थितिमा पुगेको र संसदमा सम्बोधन गरेर राजीनामा गर्न सक्ने चर्चा पनि चलेको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ