Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

गिरिजाप्रसाद कोइरालाको शताब्दीऔं जन्मजयन्तीको अवसरमा न्युयोर्कमा तरकारी वितरण


ग्लोबल पाना
बिहीबार , असार २० २०८१
  • 372
    SHARES

  • images
    गिरिजाप्रसाद कोइरालाको शताब्दीऔं जन्मजयन्तीको अवसरमा न्युयोर्कमा तरकारी वितरण

    न्युयोर्क। पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री स्वगिरिजाप्रसाद कोइरालाको शताब्दीऔं जन्मजयन्तीको पावन अवसरमा न्युयोर्कको क्विन्सस्थित ज्याक्सनहाईट्समा निःशुल्क ताजा तरकारी वितरण गरिएको छ।

    images
    images
    images

    गिरिजाप्रसाद कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा क्विन्स टुगेदर,टेष्टअफ नेपाल रेष्टुरेन्ट,भेराईटी व्वाईज एण्ड गर्लस् क्लब अफ क्वीन्स् र मेट्रोपोलीटान पार्क नामक संस्थाहरुको संयुक्त सहप्रायोजनमा सो कार्यक्रम सम्पन्न भएको हो। स्थानीय समय अनुसार मध्याह्न करीब १२ः३० बाट करीव १ घन्टासम्म टेष्ट अफ नेपाल रेष्टुरेन्टको प्रांगणबाट सो वितरण कार्यक्रम गरीएको थियो।

    लाममा पंक्तिबद्ध करीब २०० स्थानीय आगन्तुकहरूलाई पालैपालो ताजा सागसब्जी एवं तरकारी बितरण गरीएको थियो।सो वितरणबाट स्थानीय नेपाली अमेरीकी लगायत,बंगलादेश, भारत, पाकिस्तान, मेक्सीको सहीत करीब १४ राष्ट्रवाट आई स्थानीय समुदायमा वसोवासगर्ने मानीसहरू प्रत्यक्ष लाभाम्बीत भएका थिए।

    सो वितरण कार्यक्रममा फाउन्डेशन अमेरीका च्याप्टरका उपाध्यक्ष सुवणर् लामा, प्रवक्ता रामचन्द्र अधिकारी,कार्यसमिति सदस्यहरू सुर्य सिंखडा र रेखा श्रेष्ठको सकृयता रहेको थियोभने क्विन्स टुगेदरका प्रमुख जोनाथन फोर्गोस्, न्युयोर्क मेयर अफिसबाट शुक्रानी दनपत,फाउन्डेशनकै केन्द्रीय सदस्य अम्बीरराज जोशी, नेका युवा नेताद्वय राजु रौनीयार र नवराज आचार्य र नेतृ कमला पन्त, प्रसीद्द पार्कर खेलाडी दिनेश सुनार, फाउन्डेशनका आजीबन सदस्य पुणर् तामागं लगायतका समाजसेवी महानुभावहरूले यथासक्य स्वयंसेवकको भुमीका निर्वाह गरेका थिए।

    स्मरण रहोस् स्वगिरीजावावुको शताब्दीऔं जन्मजयन्तीको पावन अवसरमा नेपाल,अमेरीका लगायत विश्वभरबाट स्मरण स्वरूप यी र यस्तै पुण्य कार्यहरू निरन्तर भैरहेका समाचारहरू प्राप्त भएकाछन्।यस पावन अवसरमा फाउन्डेशन अमेरीका च्याप्टर एवं आजको यस कार्यक्रमसँग आबद्ध संघसंस्थाहरू स्व कोईरालाप्रती भावपूणर् श्रद्धासुमन अर्पण गर्दछौं।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ