Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

बेलकोटगढी नगरपालिकाको आर्थिक सहयोगमा अपांगता भएका व्यक्तिहरुलाई बाख्रा बितरण


ग्लोबल पाना
बिहीबार , असार २० २०८१
  • 365
    SHARES

  • images
    बेलकोटगढी नगरपालिकाको आर्थिक सहयोगमा  अपांगता भएका व्यक्तिहरुलाई बाख्रा बितरण

    नुवाकोट । बेल्कोटगढ़ि अपाङ्गता तथा असहाय सेवा संस्थाको आयोजनामा अपांगता भएका व्यक्तिहरुलाई बाख्रा बितरण गरिएको छ । बेलकोटगढी नगरपालिकाको आर्थिक सहयोगमा समुदायमा आधारित पुनर्स्थापना कार्यक्रम अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरुको जिविकोपार्जनको लागि नगरपालिकाको प्रत्येक वडामा दुई जनाका दरले २६ जनासहित अन्य दुई गरेर २८ ओटा बाख्रा वितरण गरिएको संस्थाको अध्यक्ष गणेश पोखरेलले जानकारी दिनुभयो ।

    images
    images
    images

    सोमबार नगरपालिका कार्यालय परिसरमा विशेष कार्यक्रमका बीच उपमेयर शिव दाहालले अपाङ्गता भएका व्यक्तिहरुलाई बाख्रा हस्तान्तरण गर्नुभएको थियो । हस्तान्तरण कार्यक्रममा उपमेयर दाहालले अपाङ्गता भएकाहरुका लागि जिविकोपार्जमा केही सहजता होस् भनेर नगरपालिकाले बाख्रा वितरण गरेको भन्दै सहि उपयोग गरेर आयआर्जनसँग जोडेर आगामी दिनमा यी बाख्राबाट धेरै उत्पादन गर्नेगरी अगाडि बढ्न उपप्रमुख दाहालले आग्रह गरे।

    कार्यक्रममा वडा अध्यक्षहरु तथा अन्य विभागिय प्रमुख तथा कर्मचारीहरको पनि सहभागिता रहेको थियो ।बाख्रा पाएपछि अपाङ्गता भएकाहरु खुसी भएका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ