Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

कृषि विकास बैंक नारायणपुरको सहयोगमा दाङको गढीटाकुरा मन्दिरको पुनःनिर्माण


ग्लोबल पाना
बिहीबार , असार २० २०८१
  • 363
    SHARES

  • images
    कृषि विकास बैंक नारायणपुरको सहयोगमा दाङको गढीटाकुरा मन्दिरको पुनःनिर्माण

    काठमाडौं । घोराही उपमहानगरपालिका वडा नं. १२ स्थित गढीटाकुरा देवस्थल मन्दिर हापुर नारेवाङलाई मन्दिरको पुनः निर्माण एवं पुरातात्विक बस्तुको संरक्षणका लागि कृषि विकास बैंक लि. शाखा कार्यालय नारायणपुर दाङको आयोजनामा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न भएको छ ।

    images
    images
    images

    गढी टाकुरा देवस्थल प्रबन्धक समितिका अध्यक्ष घनश्याम अधिकारीको अध्यक्षता तथा कृषि विकास बैंक लि. का उपमहाप्रबन्धक यज्ञप्रकाश न्यौपानेको प्रमुख आतिथ्यता, कृषि विकास बैंक लि. प्रदेश कार्यालय दाङका निर्देशक राजेन्द्र रानाभाटको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मन्दिरको पुनः निर्माण एवं पुरातात्विक बस्तुको संरक्षण गर्न चार लाखको चेक प्रमुख अतिथि बैंकका उपमहाप्रबन्धक यज्ञप्रकाश न्यौपानेले गढीटाकुरा देवस्थल प्रबन्धक समितिका अध्यक्ष घनश्याम अधिकारीलाई हस्तान्तरण गर्नुभएको थियो ।

    बैंकका उपमहाप्रबन्धक यज्ञप्रकाश न्यौपानेले नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम बैंकले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, सांस्कृतिक सम्पदा संरक्षण, प्राकृतिक प्रकोपबाट असर परेका मानवलाई सहयोग गर्दै आएको बताउनुभयो । साथै बैंकले प्रवाह गर्दै आएका कर्जा, निक्षेप, डिजिटल बैंकिङ्ग सेवा सम्बन्धमा जानकारी गराउनुभयो ।

    हिराबहादुर बहकरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन कृषि विकास बैंक लि.शाखा कार्यालयका नारायणपुरका प्रबन्धक राजकुमार बिश्वकर्माले गर्नुभएको थियो । कृषि विकास बैंक लि. प्रदेश कार्यालय दाङका निर्देशक राजेन्द्र रानाभाटले बैंकले कर्जा प्रवाहमात्र नभएर सामाजिक कार्यमा सहयोग गर्दै आएको र बैंकको सानो सहयोगले ऐतिहासिक संस्थामा ठूलो योगदान पुग्ने र यसले बैंक र संस्था जोडिने बताउनुभयो ।

    घोराही ११ का अध्यक्ष कुलबहादुर लामिछाने र १२ का वडा अध्यक्ष द्रोण बहकरीले सा“स्कृतिक संम्पदा संरक्षणमा वडाले सहयोग गर्ने बताउनु भयो ।

    कार्यक्रममा कृषि विकास बैंक लि मुख्य कार्यालय काठमाडौका मार्केटिङ्ग एण्ड सेल्स विभागका व.शा. प्रमुख सुरेश थापा, कृषि विकास बैंक लि. प्रदेश कार्यालय घोराहीका कर्जा अधिकृत विजय जोजिजू, बैकका नारायणपुरका ले.पा. कमल भण्डारी, घोराही उपमहानगरपालिका नगर शिक्षा प्रमुख विनोद गौतम, समाजसेवी दानबीर खिमानन्द खनाल, लोकबहादुर थापा, हरिप्रसाद आचार्य, समाजसेवी गोमा रावतलगायतको सहभागितामा कार्यक्रम सम्पन्न भएकाे थियाे ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ