Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

शाओमीले ल्यायो रेड्मी नोट १३ सिरिजमा जुलाई ज्याकपट अफर


ग्लोबल पाना
शनिबार, असार २२ २०८१
  • 224
    SHARES

  • images
    शाओमीले ल्यायो रेड्मी नोट १३ सिरिजमा जुलाई ज्याकपट अफर

    काठमाडौं, २१ असार : ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आफ्नो नेपाली ग्राहकहरुको  लागि जुलाई ज्याकपट अफर शुरु गरेको छ । यस अफरको साथ ग्राहकहरूले रेड्मी नोट १३ सिरिज मोडेलहरूमा रु.४००० सम्म छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरूले रेड्मी नोट १३, रेड्मी नोट १३ प्रो र रेड्मी नोट १३ प्रो प्लस ५जि मा उत्कृष्ट छुटहरू १ जुलाईदेखि ३१ जुलाईसम्म शाओमीका नेपालभरका रिटेल आउटलेटहरूमा र सबै आधिकारिक मी स्टोरहरूमा  पाउन सक्नुहुनेछ । 

    images
    images
    images

    अफरको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर श्री मनु मनस्वीज्युले भन्नुभयो, “हाम्रा नेपाली ग्राहकहरुले उत्कृष्ट मूल्यमा अत्याधुनिक प्रविधि उपलब्ध गराउन प्रतिबद्ध छौं । टेक्नोलोजी सबैको लागि पहुँचयोग्य हुनुपर्छ भन्नेमा हामी विश्वास गर्दछौं र यी यस्ता अफरहरुले  हाम्रो इनोभेटिभ र हाई-क्वालिटी स्मार्ट्फोनहरु अझ धेरै मानिसहरूका लागि उपलब्ध गराउने हामीले लक्ष्य राखेका छौँ ।”

    ग्राहकहरूले अब रेड्मी नोट १३, रेड्मी नोट १३ प्रो र रेड्मी नोट १३ प्रो प्लस ५ जि मा धेरै पैसा खर्च नगरिकन प्रिमियम सुविधाहरू र शीर्ष-स्तरीय प्रदर्शनको आनन्द लिन सक्छन् । 

    अफरहरु :

    रेड्मी  नोट १३ ः
    ६/१२८ जीबी : पुरानो मूल्य रु. २४,९९९ , अफर मूल्य रु. २३,९९९ मात्र 
    ८/२५६ जीबी : पुरानो मूल्य रु. २७,९९९ , अफर मूल्य रु. २६,९९९ मात्र 

    रेड्मी नोट १३ प्रो :
    ८/२५६ जीबी : पुरानो मूल्य रु. ३४,९९९ , अफर मूल्य रु. ३२,९९९ मात्र 
    १२/५१२ जीबी : पुरानो मूल्य रु. ३९,९९९ , अफर मूल्य रु. ३५,९९९ मात्र 

    रेड्मी नोट १३ प्रो प्लस ५जीः
    ८/२५६ जीबी : पुरानो मूल्य रु. ४७,९९९ , अफर मूल्य रु. ४५,९९९ मात्र 
    १२/५१२ जीबी : पुरानो मूल्य रु. ५२,९९९ , अफर  मूल्य रु. ५०,९९९ मात्र 

    रेड्मी १३ नोट सिरिज अन्तर्गत तीन मोडेलका फोनहरु उपलब्ध छन् - रेड्मी नोट १३, रेड्मी नोट १३ प्रो र रेड्मी नोट १३ प्रो प्लस ५ जि  । ६+१२८ जिबी र ८+२५६ जिबी गरी दुई स्टोरेज भेरियन्टमा उपलब्ध रहेको रेड्मी नोट १३ मा १२० हर्जको एमोलेड डिस्पले, इन-डिस्प्ले फिङ्गर प्रिन्ट सेन्सर, १०८ मेगापिक्सेल ट्रिपल ए.आई क्यामरा रहेको छ । त्यसैगरी रेड्मी नोट १३ प्रो इन-डिस्प्ले फिङ्गर सेन्सर, २०० मेगापिक्सेल क्यामरा र शक्तिशाली हेलियो जि ९९ अल्ट्रा प्रोसेसर र ८+२५६ जिबी स्टोरेज र १२ जिबि+ ५१२ जिबी स्टोरेज गरी दुई भेरियन्टमा उपलब्ध छ ।

    रेड्मी नोट १३ प्रो प्लस ५ जि मा भने २०० मेगापिक्सेल ट्रिपल क्यामेरा, कर्भड् डिस्प्ले, आइपी ६८ रेतिंग  भएको  हुदा धुलो र पानीबाट पनि बचाउँदछ र १२० वाटको चार्जर सहित ८ + २५६ जिबी स्टोरेज र १२ जिबि+ ५१२ जिबी स्टोरेज गरी दुई भेरियन्टमा उपलब्ध छ ।

    १ जुलाईदेखि ३१ जुलाईसम्म लागु हुने यो जुलाई ज्याकपट अफर शाओमीका नेपालभरका रिटेल आउटलेटहरू र सबै आधिकारिक मी स्टोरहरूमा उपलब्ध छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ