Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

पहिरोले वीपी राजमार्ग अवरुद्ध


ग्लोबल पाना
शनिबार, असार २२ २०८१
  • 300
    SHARES

  • images
    पहिरोले वीपी राजमार्ग अवरुद्ध

    काठमाडौं । लगातारको वर्षापछि खसेको पहिरोले वीपी राजमार्ग र मध्यपहाडी लोकमार्ग शनिबार बिहानैदेखि अवरुद्ध भएको छ। वीपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोसी गाउँपालिका-२ को कमेरेफाँटमा लेदो सहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

    images
    images
    images

    प्रहरीका अनुसार मध्यपहाडी लोकमार्ग अन्तर्गत गोलन्जोर गाउँपालिका-६ अक्करे भीर र फिक्कल गाउँपालिका-२ सुम्नाम बेंशीमा पहिरो खसेर यातायात अवरुद्ध भएको छ। दुई राजमार्ग अवरुद्ध हुँदा पूर्वी पहाडी जिल्ला ओखलढुङ्गा, खोटाङ, सोलुखुम्बु, भोजपुर, उदयपुर तथा तराईबाट काठमाडौं आवतजावत गर्ने सवारी साधन बीच बाटोमै रोकिएका छन्।

    यस्तै काभ्रेको रोशी गाउँपालिका-८ नर्के आसपासमा गएको पहिरोले राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। विभिन्न स्थानमा पर्ने खहरे खोलामा लेदो थुप्रिंदा सडक अवरुद्ध भएको हो। सडक अवरुद्ध हुँदा सवारीसाधन तथा यात्रु अलपत्र परेका छन्। पहिरो पन्छाएर सडक सुचारु गराउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ