Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

दोलखामा बाढीले तीन घर बगायो, एकजना बेपत्ता छ


ग्लोबल पाना
शनिबार, असार २२ २०८१
  • 476
    SHARES

  • images
    दोलखामा बाढीले तीन घर बगायो, एकजना बेपत्ता छ

    काठमाडौं । दोलखाको गौरीशङ्कर गाउँपालिका-९ स्थित डोडाङमा अविरल वर्षापछि आएको बाढीमा परेर सोही स्थानका एकजना बेपत्ता भएका छन् भने तीन वटा घर बगेका छन् ।

    images
    images
    images

    शुक्रबार राति रोल्वालिङ खोलाको बाढीले रोल्वालिङ पदमार्ग डोडाङमा होटल सञ्चालन गर्दै आएकी ६४ वर्षीया जाङ्मु शेर्पा सम्पर्कविहीन भएकी गौरीशङ्कर-९ का वडाध्यक्ष निमा गेली शेर्पाले बताए । वडाध्यक्ष शेर्पाका अनुसार बाढीबाट भएको क्षतिको विवरण सङ्कलन भइरहेको छ ।

    छ्योतछयोत सिमिगाउँका जाङ्मु शेर्पा करिब ३० वर्षदेखि गौरीशङ्कर-९ डोडाङमा होटल व्यवसाय गर्दै आएका थिए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ