Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

मोटरसाइकलको ठक्करबाट १ जनाको मृत्यु


ग्लोबल पाना
आइतबार, असार २३ २०८१
  • 212
    SHARES

  • images
    मोटरसाइकलको ठक्करबाट १ जनाको मृत्यु

    सर्लाही। सर्लाहीको हरिपुर नगरपालिका-१, जानकीनगरमा मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा सोही ठाउँका ३८ वर्षीय इन्द्रहरि पोखरेलको मृत्यु भएको हो।

    images
    images
    images

    पोखरेललाई गएराति ८ बजेतिर गाउँको भित्री सडकमा उत्तरतर्फबाट बरहथवातर्फ गइरहेको ज ८ प ६८८९ नम्वरको मोटरसाइकलले ठक्कर दिएको थियो।

    मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका पोखरेललाई हरिवनमा सामान्य उपचारपश्चात वीरगन्जतर्फ लैजानेक्रममा रौतहटको चन्द्रनिगाहपुर पुर्याउँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिपुरले जनाएको छ।

    मोटरसाइकल र त्यसका चालक प्रहरी नियन्त्रणमा छन् । मृतक पोखरेलको शव पोष्टमार्टमका लागि चन्द्रनिगाहपुरमा नै राखिएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ