Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

ग्लोबल आइएमई बैंक र नास–आईटी बिच दिगो साझेदारीसम्बन्धी सम्झौता


ग्लोबल पाना
सोमबार, असार २४ २०८१
  • 374
    SHARES

  • images
    ग्लोबल आइएमई बैंक र नास–आईटी बिच दिगो साझेदारीसम्बन्धी सम्झौता

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल एसोसियसन अफ सफ्टवेयर एन्ड आईटी सर्भिसेस (नास–आईटी) बिच दिगो साझेदारीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

    images
    images
    images

    सम्झौतामा बैंकको नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल तथा नास–आईटीका अध्यक्ष रिचन श्रेष्ठको उपस्थितिमा बैंकको तर्फबाट प्रमुख बजार अधिकृत दिलिप पोखरेल र नास–आईटीको तर्फबाट संस्थाका कोषाध्यक्ष अभय पौडेलले हस्ताक्षर गर्नुभएको छ ।

    नेपाल सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को बजेटमा आगामी वर्षलाई सूचना प्रविधि दशकको प्रस्थान वर्षको रुपमा मनाउने गरी यस क्षेत्रलाई प्राथमिकतामा राखेको छ ।

    राज्यको प्राथमिकतामा रहेको यस क्षेत्र अर्थतन्त्रको सम्बाहकको रुपमा रहेको र ग्लोबल आइएमई बैंक पनि सदैव राज्य प्रति उत्तदायी सस्थाको रुपमा रहेकोले यो सम्झौता अधि बढेको जानकारी गराउदै ग्लोबल आइएमई बैंकका नायव प्रमुख कार्यकारी अधिकृत पोखरेलले बैंकले सूचना प्रविधिको क्षेत्रमा गरेको लगानी र प्रयोगहरुको बारेमा समेत बताउनुभयो ।

    यो सम्झौता नेपालमा सूचना प्रविधिको विकास, विस्तार र व्यवसायीकरणमा कोसेढुङ्गा सावित हुने कुरा पोखरेलले उल्लेख गर्नुभयो । ७७ जिल्लाको ३५४ वटा शाखा कार्यालयहरुबाट भौतिक रुपमा बैंकिङ्ग सुविधा प्रदान गरिरहेको ग्लोबल आइएमई बैंकले आफ्नो मोबाईल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, डिजिटल यूनिभर्स जस्ता प्लाटफर्मले थप पहुँच विस्तार गरेको छ ।

    यस बैंकमा प्रत्यक्ष रुपमा ४८ लाखभन्दा बढी ग्राहक महानुभावहरुले उत्कृष्ट बैंकिङ्ग सुविधा प्राप्त गर्नु बंैकले गरेको सूचना र प्रविधि क्षेत्रमा उचित लगानी, नविनतम् प्रविधिमा आधारित सेवाहरु तथा ग्राहकको विवरण सुरक्षणमा बैंकले लिएको पहलको उपजको रुपमा समेत लिन सकिन्छ ।

    बैंकका सेवाग्राहीहरुलाई छिटो र सजिलोसँग उत्कृष्ट सेवा उपलब्ध गराउनु बैंकले सूचना प्रविधिमा अंगालेको नीतिको रुपमा लिन सकिन्छ । यस दिगो साझेदारी सम्झौताअन्तर्गत ग्लोबल आइएमई बैंकले नास–आईटीस“ग सम्बन्धित संस्था र आवद्ध कर्मचारीहरुको लागि सहज तथा सुलभ तवरले बैंकिङ्ग सेवा प्रदान गर्ने जनाएको छ ।

    साथै एक आपसमा पारस्परिक सम्बन्ध तथा सीपमूलक कार्यक्रमहरु आयोजना गरी दुवै संस्था तथा आवद्ध कर्मचारीहरुको ज्ञान, सीप, अनुभव विकास हुने कार्यक्रमहरु अगाडि बढाइने छ ।

    ग्लोबल आइएमई बैंक नास–आईटीको नवस्थापित दिगो कोषलाई सहयोग गर्ने पहिलो दिगो साझेदार बनेको छ ।

    बैंक र नास–आईटीको आपसी सहकार्यमा नवाचार र अनुसन्धानलाई प्रवर्धन, स्टार्टअपहरू र साना व्यवसायहरूलाई समर्थन, शिक्षा र सीप विकासलाई प्रवद्र्धन, सामुदायिक संलग्नता र सामाजिक जिम्मेवारीलाई प्रोत्साहन गर्नेछ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ