Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

फ्रान्सका प्रधानमन्त्रीको राजीनामाको प्रस्ताव राष्ट्रपतिले अस्वीकार गरे


ग्लोबल पाना
मंगलबार, असार २५ २०८१
  • 260
    SHARES

  • images
    फ्रान्सका प्रधानमन्त्रीको राजीनामाको प्रस्ताव राष्ट्रपतिले अस्वीकार गरे

    काठमाडौं । फ्रान्समा चुनावी परिणामलाई लिएर गतिरोधका बीच राष्ट्रपति इमानुएल म्याक्रोनले प्रधानमन्त्री ग्याब्रियल एटेललाई प्रधानमन्त्री पदमा कायम रहन आग्रह गरेका छन्। राष्ट्रपति म्याक्रोनले देशको स्थायित्वका लागि एटेल प्रधानमन्त्री रहनु आवश्यक रहेको बताएका छन् ।

    images
    images
    images

    फ्रान्सको आम निर्वाचनमा म्याक्रोनको पार्टी दोस्रो स्थानमा आएपछि एटेलले राजीनामाको प्रस्ताव गरेका थिए । उनले आइतबार नै नतिजा आएलगत्तै राजीनामा दिने कुरा गरेका थिए । फ्रान्समा भएको दोस्रो चरणको आम निर्वाचनमा वाम गठबन्धन-न्यु पपुलर फ्रन्टले सबैभन्दा बढी सिट ल्याएको छ भने पहिलो चरणमा नराम्रोसँग पछाडि परेको म्याक्रोनको केन्द्रवादी पार्टीले अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै दोस्रो स्थान हासिल गरेको छ ।

    पहिलो चरणमा सबैभन्दा बढी मत प्राप्त गर्ने अति दक्षिणपन्थी नेशनल र्‍याली पार्टी तेस्रो स्थानमा रह्यो। तर तीमध्ये कसैसँग पनि बहुमत नपुगेको र फ्रान्समा त्रिशंकु संसदको अवस्था सिर्जना भएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ