Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

जिसस कास्कीद्वारा स्थानिय पूर्बाधार बिकास आयोजनाका योजना अनुगमन


ग्लोबल पाना
मंगलबार, असार २५ २०८१
  • 284
    SHARES

  • images
    जिसस कास्कीद्वारा स्थानिय पूर्बाधार बिकास आयोजनाका योजना अनुगमन

    असार २५, पोखरा । जिल्ला समन्वय समिति कास्कीले मंगलबार स्थानिय पूर्बाधार बिकास आयोजना पोखरा मातहत संचालित दुई  बिकास आयोजना  अनुगमन गरेको छ। जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेल नेतृत्वको टोलिले उक्त कार्यालय मातहतमा निर्मित पोखरा महानगर वडा न१७र २१ जोड्ने फुर्से  खोला दम्सादी  स्थित फाकलतरा दम्सादी झोलुङ्गेपूल मर्मत आयोजना र पोखरा महानगर वडा न. २३ बिरिम मार्की सडक खण्डको बिरिम खोलामा निर्मित बिरिम खोला कल्भर्ट आयोजनाको अनुगमन गरेको बताइएको छ।

    images
    images
    images

    कुल लागत रू  ६१,७९,१९ भएर  ३५ लाख ५८ हजार ३ सय ६४ मा  मिति २०८१ बैशाख ३ गते  निर्माण सम्झौता भएको  फुर्से  खोला दम्सादी  स्थित फाकलतरा दम्सादी झोलुङ्गेपूल मर्मत आयोजना २०८१ असार ४  गते निर्धारित समयमै निर्माण  सम्पन्न भएको पाइएको प्रमुख पौडेलले बताउनुभयो। ग्याभिन जाली, रिप र्याप नाली प्लास्टिक सिट कभरिङ, बायो इन्जिनियरिङ सहित क्याच ड्रेनको निर्माणले सो पूल सहित सो क्षेत्रको बस्ती संरक्षणमा समेत  महत्त्वपूर्ण भुमिखा खेल्ने पौडेलले उल्लेख गर्नुभयो।

    सो अबसरमा प्रमुख पौडेलले केही निर्माण कम्पनिहरूले श्रमिकहरूलाइ काममा लगाएर ज्याला भुक्तानीमा आनाकानी गरेको तथा श्रम शोषण गरेको भन्ने गुनासा आएको भन्दै यदि त्यसो गरेको पाइएमा निर्माण कम्पनीहरूलाइ कानुन अनुसार कारबाही गर्न सरोकारवाला  कार्यालयलाई आग्रह गर्नुभयो।

    त्यसैगरि जि स स कास्कीको अनुगमन  टोलिले   पोखरा महानगर वडा न२३ बिरिम मार्की सडक खण्डको बिरिम खोलामा निर्मित बिरिम खोला कल्भर्ट आयोजनाको समेत  अनुगमन गरेको छ । कुल लागत रू  ५६,०३,६१० रहेर   मिति २०८० असार ८  गते  निर्माण सम्झौता भएको उक्त आयोजना २०८० फागुन ७ गते  निर्धारित समयमै निर्माण  सम्पन्न भएको छ।

    आर सि सि कार्य ग्याबिन ड्रेन सहित निर्मित सो आयोजनाको रैते कन्स्ट्रक्सन कम्पनीले निर्माण सम्पन्न गरेको हो। टोलिमा जिसस कास्कीका पदाधिकारी, सदस्य, प्राबिधिक, इन्जिनियर सहित सरोकारवाला कार्यालय स्थानिय पूर्बाधार बिकास आयोजना कार्यालयका कर्मचारी, संचारकर्मी सहित स्थानियहरूको उपस्थिति रहेको थियो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ