Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

अविरल वर्षा हुँदा भोजपुरमा सडक भासियो


ग्लोबल पाना
बुधबार, असार २६ २०८१
  • 259
    SHARES

  • images
    अविरल वर्षा हुँदा भोजपुरमा सडक भासियो

    भोजपुर। अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत टेम्केमैयुङ गाउँपालिका- ३ मेस्पाङामा सडक भासिएको छ। भोजपुर -चखेवा सडक खण्डको मेस्पाङ भन्ने स्थानमा करिब ६० मिटर सडक भासिएको हो।

    images
    images
    images

    कालोपत्र गरिएको सडक भासिएपछि यातायातका साधन रोकिएका टेम्केमैयुङ गाउँपालिकाकी उपाध्यक्ष रमादेवी राईले बताइन्। उक्त स्थानमा आज बिहान सडक भासिएको हो ।

    “वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत मेस्पाङमा सडक भासिएको छ”, उपाध्यक्ष राईले भन्नुभयो,“सडकमा ठूलो क्षति भएको छ । यसरी नै निरन्तर वर्षा भयोभने अझ बढी क्षति हुनसक्छ ।”

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ