Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

दुवै सदनको बैठक बस्दै, प्रधानमन्त्रीले आदिवासी जनजाति आयोगको चौथो वार्षिक प्रतिवेदन पेस गर्ने


ग्लोबल पाना
बिहीबार , असार २७ २०८१
  • 220
    SHARES

  • images
    दुवै सदनको बैठक बस्दै, प्रधानमन्त्रीले आदिवासी जनजाति आयोगको चौथो वार्षिक प्रतिवेदन पेस गर्ने

    काठमाडौं । संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक ४ बजे र राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।

    images
    images
    images

    प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आदिवासी जनजाति आयोगको चौथो वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ । राष्ट्रियसभाको बैठकमा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण र मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको पत्रबारे जानकारी गराउने कार्यसूची छ ।

    अर्थमन्त्री वर्षमान पुनले आर्थिक विधेयक, २०८१ दफावार छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने र पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाउन प्रस्ताव गर्ने कार्यसूची छ ।

    अर्थमन्त्री पुनले नै राष्ट्र ऋण उठाउने विधेयक, २०८१ दफावार छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने र पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाउन प्रस्ताव गर्नेछन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ