Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

बढ्यो नारायणी नदीमा जलसतह, उच्च सतर्कता अपनाउन अनुरोध


ग्लोबल पाना
बिहीबार , असार २७ २०८१
  • 223
    SHARES

  • images
    बढ्यो नारायणी नदीमा जलसतह, उच्च सतर्कता अपनाउन अनुरोध

    काठमाडौं। वर्षाका कारण देशभरका नदीहरुमा जलसतह बढेको छ । चितवनको नारायणी, राप्ती, मकवानपुरको बकैया नदी लगायतको जलसतह बढेको हो । देशभरकै खोला, नदीमा बाढीले क्षति पुर्‍याउने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

    images
    images
    images

    यस्तै अविरल वर्षाका कारण उपत्यकाका खोला नदीमा जलसतह बढेपछि सुरक्षा निकाय उच्च सतर्कतामा रहेका छन् । वर्षाका कारण देशका अधिकांश जिल्लाको जनजीवन प्रभावित भएको छ भने ठाउँठाउँमा सडक अवरुद्ध भएको छ ।

    नेपाल प्रहरीले मनसुनी वर्षा जारी रहेको र देशका विभिन्न क्षेत्रमा राजमार्गमा अवरोध भइरहेकाले बुझेरमात्रै लामो यात्रामा निस्किन अनुरोध समेत गरेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ