Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

नेपाल फर्निचर तथा फर्निसिङ्ग संघको रजत जयन्तीमा व्यवसायी सम्मानित 


ग्लोबल पाना
बिहीबार , असार २७ २०८१
  • 214
    SHARES

  • images
    नेपाल फर्निचर तथा फर्निसिङ्ग संघको रजत जयन्तीमा व्यवसायी सम्मानित 

    काठमाडौं । नेपाल फर्निचर तथा फर्निसिङ्ग संघ काठमाडौं स्थापनाको २५ वर्ष पुगेको अवसरमा एक दर्जन बढी व्यवसायीहरु सम्मानित भएका छन् । संस्थाले आफ्नो स्थापनाको २५ बर्ष पूरा अर्थात रजत जयन्तीको अवसरमा संघ स्थापनाको लागि विशेष योगदान गर्ने तथा संघमा रहेर फर्निचर/फर्निसिङ्ग व्यवसायीहरुको हक हित संरक्षण, सम्बद्र्धन महत्वपूणर् योगदान पुर्याउने व्यवसायीहरुलाई सम्मान गरेको हो ।

    images
    images
    images

    नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पूर्वअध्यक्ष तथा स्थापनाकालीन प्रथम उपाध्यक्ष कृष्णलाल प्रधानलाई विशेष सम्मान प्रदान गरिएको छ । यस्तै स्थापनाकालीन कार्य समिति अध्यक्ष भरत टिवडेवाल, द्धितीय उपाध्यक्ष ओम प्रकाश लोहिया, महासचिव पदमलाल श्रेष्ठ, स्थापनाकालीन कोषाध्यक्ष तथा पूर्वप्रथम उपाध्यक्ष सुरेन्द्र कुमार शारडा, स्थापनाकालीन सहकोषाध्यक्ष दिपक श्रेष्ठ, स्थापनाकालीन सदस्य, पूर्वकोषाध्यक्ष तथा पूर्वउपाध्यक्ष सुजिल श्रेष्ठ तथा स्थापनाकालीन सदस्य राजन प्रजापती लगायतका व्यवसायीलाई संघले सम्मान प्रदान गरेको हो ।

    यसैगरी संघका पूर्व अध्यक्षहरु कविन्द्र जोशी (२०७१- २०७३), राजेश कुमार अग्रवाल (२०७३- २०७५), रुपेश प्रधान (२०७५-२०७७), शुभेन्द्र जोशी (२०७७- २०७९) लाई पनि संघले सम्मान गरेको हो ।

    नेपालमा रहेका फर्निचर तथा फर्निसिङ्ग सम्बन्धी उद्योग तथा व्यापार व्यवसाय क्षेत्रलाइ व्यवस्थित गर्दै राष्ट्रिय अर्थतन्त्रमा ठोस योगदान पुर्‍याउने हेतुले वि.सं.२०५६ साल असार २५ मा नेपाल फर्निचर तथा फर्निसिङ्ग संघको स्थापना भएको थियो ।

    कार्यक्रममा नेपाल फर्निचर तथा फर्निसिङ्ग संघ काठमाडौंका अध्यक्ष दिनेश कुमार अग्रवालले फर्निचर तथा फर्निसिङ्ग व्यवसायमा संलग्न व्यवसायीहरुबीच एकता, सद्भावना, भातृत्व बृद्धि गर्ने, व्यवसायिक हक हितको लागि वृत्ती बिकासका लािग २०५६ सालमा संघको स्थापना गरिएको बताए ।

    उनले फर्निचर तथा फर्निसिङ्ग व्यवसायीहरु बिच नयाँ नयाँ प्रविधि, ज्ञान र सीपको विकास गर्न तथा एक अर्को व्यवसायीबीच नयाँ प्रविधि, ज्ञान र सीपको आदान प्रदान गर्ने संघको उद्देश्य रहेको उल्लेख गरे ।

    संस्थाले आफ्नो स्थापना दिवसको अवसर पारेर हरेक वर्ष सामाजिक कार्यहरुका साथै आफ्ना सदस्यहरुको लागि विभिन्न उपयोगी कार्यक्रमहरु पनि गर्दै आइरहेको तथा हरेक वर्ष वृद्धाश्रमहरुमा खाध्यान्न वितरण कार्य गर्दै आइरहेको जानकारी दिए ।

    संघले गर्दै आइरहेको कार्यक्रम मध्ये प्रमुख कार्यक्रम फर्नेक्स रहेको छ। यस बर्ष दशौं संस्करणको फर्नेक्स नेपाल २०२४ मेला यही २०८१ साल असोज २ गते देखि ५ गते सम्म काठमाडौंको भृकुटी मण्डपमा हुन गइरहेको पनि उनले जानकारी दिए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ