Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

कास्की पहिरो : मृत्यु हुनेको संख्या ११ पुग्यो


ग्लोबल पाना
शुक्रबार, असार २८ २०८१
  • 237
    SHARES

  • images
    कास्की पहिरो : मृत्यु हुनेको संख्या ११ पुग्यो

    कास्की । कास्कीका विभिन्न स्थानमा गएरातिको पहिरोमा परी मृत्यु हुनेको संख्या ११ पुगेको छ । पोखरा-महानगरपालिका वडा नम्बर १९ पुरनचौरमा एकै परिवारका ७ जनाको पहिरोमा पुरिएर मृत्यु भएको छ भने पोखरा-३२ चैनपुर र मादी-११ मा बेपत्ता २ जनाको पनि शव फेला परेपछि मृतकको संख्या ११ पुगेको हो ।

    images
    images
    images

    पोखरा-३२ चैनपुरस्थित बाह्रबिसेमा पहिरोको कारण तीनजनाको घटनास्थलमै मृत्यु भएको छ । मादी गाउँपालिका-११ ताप्लेमा गएराति पहिरोमा परी बेपत्ता भएकी ८० वर्षीया माइतीकुमारी गुरुङको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक बसन्तकुमार शर्माले जानकारी दिए । 

    मृतकको शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको उनले बताए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ