Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

‘प्रदेशलाई आत्मनिर्भर बनाउने विषय प्राथमिकतामा’


ग्लोबल पाना
शनिबार, असार २९ २०८१
  • 416
    SHARES

  • images
    ‘प्रदेशलाई आत्मनिर्भर बनाउने विषय प्राथमिकतामा’

    गण्डकी। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशलाई आत्मनिर्भर बनाउने विषय प्राथमिकतामा रहेको बताएका छन्। गण्डकी प्रदेश नीति तथा योजना आयोगद्वारा दोस्रो पञ्चवर्षीय योजना (२०८१/८२-२०८५/८६) को मस्यौदा छलफल सम्बन्धमा आयोजित प्रदेश विकास परिषद् बैठकको अध्यक्षता गर्दै उनले आत्मनिर्भर र समुन्नत प्रदेश बनाउने सोचका साथ सरकार अघि बढ्ने बताए।

    images
    images
    images

    प्रदेश स्थापनाको छ वर्ष भइसकेका अवस्थामा यसको औचित्यबारे प्रश्न उठेको बताउँदै उहाँले कामबाट जवाफ दिनुुपर्ने आवश्यकता औँल्याए। संघसँगको परनिर्भरता घटाउँदै प्रदेशलाई आत्मनिर्भर बनाउने सोचका साथ अघि बढ्नुु जरुरी भएको उनको भनाइ थियो। उनले उत्पादनमा जोड दिनुपर्ने बताए।

    प्रदेशको आत्मनिर्भरता बढाउन र बढ्दो बसाइँसराइ घटाउन युवाको विदेश पलायनलाई रोक्ने किसिमका कार्यक्रम अघि बढाइने उनले उल्लेख गरे। लामो समयको प्रयासपछि प्रदेशको दोस्रो पञ्चवर्षीय योजनाको मस्यौदा तयार भएको बताउँदै उनले सम्बद्ध सबै पक्षबाट प्राप्त सकारात्मक सुझावलाई आत्मसात् गरिने बताए।

    गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री डा टकराज गुरुङले योजना तथा कार्यक्रममार्फत जनताका अपेक्षा पूरा गर्ने किसिमले अघि बढ्नु जरुरी रहेको बताए।

    गण्डकी प्रदेश नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका नेता खगराज अधिकारीले उत्पादन वृद्धि र रोजगारी सृजना गर्ने किसिमका कार्यक्रम आवश्यक रहेकामा जोड दिए।

    राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता पञ्चराम गुरुङले जीवनोपयोगी व्यावहारिक शिक्षालाई प्राथमिकतामा राख्नुपर्ने बताए।

    नीति तथा योजना आयोग गण्डकी प्रदेशका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाले सम्बद्ध सबै पक्षसँग विभिन्न चरणमा छलफल गरी दोस्रो पञ्चवर्षीय योजनाको मस्यौदा तयार गरिएको बताए।

    कार्यक्रममा नीति तथा योजना आयोग गण्डकी प्रदेशका सदस्य माया तिमल्सिना, गाउँपालिका महासंघ गण्डकी प्रदेशका अध्यक्ष नवराज ओझा, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिलगायतले योजना कार्यान्वयमा जोड दिएका थिए।

    कार्यक्रममा विभिन्न पाँचवटा विषय क्षेत्र समूह विभाजन गरी ती समूहबाट प्राप्त छलफल तथा सुझाव संकलन गरी प्रस्तुति गरिएको थियो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ