Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

त्रिभुवन विश्वविद्यालयले शैक्षिक क्यालेण्डर लागू गरेकोमा प्रधानमन्त्रीद्वारा धन्यवाद व्यक्त


ग्लोबल पाना
आइतबार, असार ३० २०८१
  • 418
    SHARES

  • images
    त्रिभुवन विश्वविद्यालयले शैक्षिक क्यालेण्डर लागू गरेकोमा प्रधानमन्त्रीद्वारा धन्यवाद व्यक्त

    असार ३०, काठमाडौं। त्रिभुवन विश्वविद्यालयले शैक्षिक क्यालेण्डर लागू गरेकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विश्वविद्यालयका पदाधिकारीहरूलाई धन्यवाद दिनुभएको छ।

    images
    images
    images

    आइतबार प्रधानमन्त्रीको निजी निवास खुमलटारमा त्रिविका उपकुलपति प्राडा केशरजंग बराल, रजिष्टार डा केदारप्रसाद रिजाल, शिक्षाध्यक्ष डा खड्ग केसीसँग भेट गर्दै प्रधानमन्त्रीले धन्यवाद दिनुभएको हो। भेटमा त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूको नियुक्तिका आधार र मापदण्ड सम्बन्धी विनियम कार्यकारी परिषदबाट पारित गरेकोमा समेत प्रधानमन्त्रीले धन्यवाद दिनुभयो।

    प्रधानमन्त्रीले भन्नुभयो, "विश्वविद्यालयमा गुणात्मक सुधार ल्याएर मात्रै देशको मुहार फेर्न सकिन्छ। त्यसका लागि मैले लगातार मेहेनत गर्दै आएको छु। खुला प्रतिस्पर्धाबाट पदाधिकारी नियुक्ति, शैक्षिक क्यालेण्डर लगायतका क्षेत्रमा महत्वपूर्ण सुधार आएको छ। यसले राम्रो सन्देश दिएको छ।भविष्यमा समेत यी प्रयासहरू लागू हुनेछन् भन्ने विश्वास व्यक्त गर्दछु।"

    भेटमा पदाधिकारीहरूले प्रधानमन्त्री प्रचण्डको कार्यकालमा शिक्षा क्षेत्र र विश्वविद्यालय सुधारमा ऐतिहासिक कामहरू भएको भन्दै त्रिवि सुधारमा आफूहरू पूर्ण समर्पणभावका साथ खटिने बताउनुभयो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ