Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ आज


ग्लोबल पाना
सोमबार, असार ३१ २०८१
  • 371
    SHARES

  • images
    नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ आज

    काठमाडौं। नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ सोमबार हुँदैछ । शपथ सोमबार बिहान ११ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष समेत रहेका ओली आइतबार प्रधानमन्त्रीमा नियुक्त हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले अध्यक्ष ओलीलाई नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम आज प्रधानमन्त्री पदमा नियुक्त गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

    images
    images
    images

    प्रतिनिधिसभाको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसको समर्थनमा एमाले अध्यक्ष ओली प्रधानमन्त्री पदमा नियुक्त भए ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार प्रतिनिधिसभाको बैठकमा विश्वासको मत नपाएपछि राष्ट्रपति पौडेलले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि यही आज अपराह्न ५ बजेभित्र दाबी पेस गर्न आह्वान गरेका थिए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ