Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

१८ महिना साथ दिने सबैलाई निवर्तमान प्रधानमन्त्री प्रचण्डको ‘धन्यवाद’


ग्लोबल पाना
सोमबार, असार ३१ २०८१
  • 275
    SHARES

  • images
    १८ महिना साथ दिने सबैलाई निवर्तमान प्रधानमन्त्री प्रचण्डको ‘धन्यवाद’

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्व गर्नेक्रममा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । सोमबार केपी ओलीले प्रधानमन्त्रीको शपथ लिएपछि प्रचण्डले सामाजिक संजालमार्फत सरकार सफल पार्न महत्वपूर्ण भूमिका खेल्ने सबैलाई धन्यवाद दिएका हुन् ।

    images
    images
    images

    तर नवनियुक्त प्रधानमन्त्री ओलीलाई भने उनले बधाई दिएका छैनन् । तेस्रोपटक प्रधानमन्त्रीका रूपमा सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकतासहित झण्डै साढे अठार महिना देश र जनताको सेवामा समर्पित हुने अवसर मिलेको उनले उल्लेख गरेका छन् ।

    उनले लेखेका छन् :

    ‘तेस्रोपटक प्रधानमन्त्रीका रूपमा सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकतासहित झण्डै साढे अठार महिना देश र जनताको सेवामा समर्पित हुने अवसर मिल्यो।

    मेरो नेतृत्वको सरकार सफल पार्न महत्वपूर्ण भूमिका खेल्नुहुने माननीय मन्त्रीज्यूहरू, सङ्घीय संसदका माननीय सदस्यहरू, संवैधानिक आयोगका पदाधिकारीज्यूहरू, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरू, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)लगायत सम्पूर्ण राजनीतिक दलहरू, राष्ट्रसेवक कर्मचारीहरू, सुरक्षा निकाय, स्वकीय र निजी सचिवालय टीम, निजी क्षेत्र, कानुन व्यवसायीहरू, बौद्धिक क्षेत्र, नागरिक समाज, सञ्चारकर्मी, सामाजिक संघसंस्था, अन्तर्राष्ट्रिय समुदाय, गैरआवासीय नेपालीहरू लगायत आम जनसमुदायमा सहृदय धन्यवाद व्यक्त गर्दछु ।’

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ