Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

सिमलताल पहिरो : हालसम्म १५ शव फेला, ८ शवको सनाखत


ग्लोबल पाना
मंगलबार, साउन १ २०८१
  • 326
    SHARES

  • images
    सिमलताल पहिरो : हालसम्म १५ शव फेला, ८ शवको सनाखत

    चितवन । गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुमध्ये १५ जनाको शव फेला परेको छ । भेटिएका शवमध्ये ८ जनाको परिचय खुलेको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

    images
    images
    images

    अन्य शव र बसको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । खोजी कार्यमा सबै सुरक्षा संयन्त्र र प्रविधिको प्रयोग गरिए पनि दुई बस अझै फेला पर्न सकेका छैनन् । काठमाडौँबाट गौरतर्फ गइरहेको बागमती प्रदेश०३-००१ख २४९५ नम्बरको बस र वीरगन्जबाट काठमाडौँतर्फ गइरहेको बागमती प्रदेश०३-००६ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका-२९ सिमलतालमा पहिरो खस्दा शनिबार बिहान दुवै बस त्रिशूलीमा बगेका थिए ।

    गौरतर्फ गइरहेको बसमा ३८ जना र काठामाडौँतर्फ गइरहेको बसमा सवार २७ जना बेपत्ता भएका थिए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ