Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

मन्थलीको सानीमदौलेमा ज्येष्ठ नागरिकलाई सम्मान


ग्लोबल पाना
मंगलबार, साउन १ २०८१
  • 303
    SHARES

  • images
    मन्थलीको सानीमदौलेमा ज्येष्ठ नागरिकलाई सम्मान

    रामेछाप । मन्थली नगरपालिका–१ को सामुदायिक सिकाई केन्द्र सानीमदौले ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । सानीटारमा मंगलबार आयोजित कार्यक्रममा वडा नं १ का ८० वर्ष माथिका ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो ।

    images
    images
    images

    कार्यक्रममा २० जना ज्येष्ठ नागरिकलाई बागमती प्रदेश सभा सदस्य आनन्द श्रेष्ठले सम्मानित गरेका हुन् । सामुदायिक सिकाई केन्द्रका अध्यक्ष तीर्थ सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमका सहभागीलाई उपाध्यक्ष शान्ता सुवेदीले स्वागत गरेकी थिइन् । कार्यक्रममा मन्थलीका विभिन्न पाँचवटा सामुदायिक तथा संस्थागत विद्यालयका बिच अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता पनि आयोजना गरिएको थियो ।

    कार्यक्रममा मन्थली नगरपालिका उपप्रमुख ईश्वरी बस्नेत तथा मन्थली नगरपालिकाका प्रवक्ता गोपाल श्रेष्ठ लगायतको सहभागिता रहेको थियो । प्रतियोगितामा मन्थली मावि प्रथम, तामाकोसी अंग्रेजी आवासीय विद्यालय द्वितीय र केब्स स्कुल तृतिय भएका थिए ।

    विजयी विद्यार्थीहरुलाई क्रमशः नगद ५ हजार, ३ हजार र दुई हजार सहित प्रमाणपत्र वितरण गरिएको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ