Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

एनआईबिएल इक्विटी पार्टनर्सले डेलिज डेरिजमा लगानी गर्ने


ग्लोबल पाना
सोमबार, साउन ७ २०८१
  • 339
    SHARES

  • images
    एनआईबिएल इक्विटी पार्टनर्सले डेलिज डेरिजमा लगानी गर्ने

    काठमाडौं, असार ०६ । नेपालको अग्रणी प्राइभेट इक्विटी फर्म एनआईबिएल इक्विटी पार्टनर्सले डेलिस डेरिजसँग रु. ९ करोड ५० लाख को लगानी सम्झौतामा हस्ताक्षर गरेको छ । एनआईबिएल इक्विटी पार्टनर्स विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ अन्तर्गत दर्ता भएको र सेबोनद्वारा स्वीकृतिप्राप्त कोष प्रबन्धक एनआईएमबी एस क्यापिटल लिमिटेडको एकाइ हो । ३१ असार, २०८१ मा हस्ताक्षर भएको यस साम्झौताले आधुनिक र उच्च-गुणस्तरको दुग्ध उत्पादनमा आफूलाई देशकैप्रथम स्थानमा स्थापित गर्ने चाहनेडेलिज डेरिजको लक्ष्यलाई थप उर्जा प्रदान गरेकोछ ।

    images
    images
    images

    एनआईबिएल इक्विटी पार्टनर्सले डेलिस डेरिजको गुणस्तर र उत्कृष्टताप्रतिको प्रतिबद्धतालाई मान्यता दिएको छ । ʻडेलिस’ ब्राण्डको ग्रीक दहीले नबिनताको पहिचान दिएको छ भने ʻपञ्चमी’ ले स्थानीय नेपालीहरुको मन जित्न सफल भएको छ । यस लगानीले नेपाली बजारमा डेलिस ब्राण्डको स्थानलाई झनै मजबुत बनाउने भएको छ । यस लगानी सम्झौताले डेलिस डेरिजलाई

    निम्न उल्लिखित लाभ हुनेछन्ः

    उत्पादन क्षमतामा वृद्धिः चितवनमा रहेको आफ्नो हालको कारखानामा प्राविधिक रूपमा उन्नत मेसिनरीहरूको खरिद गरि डेरिजका स्वादिष्ट उत्पादनहरूको बढ्दो मागलाई पूरा गर्न सक्नुका साथैत्यहाँको हालको १०,००० लिटर प्रति दिनको क्षमतालाई उल्लेखनीय रूपमा वृद्धि गर्न सक्ने ।

    प्रोडक्ट इनोभेसनः नयाँ परिकारहरूको उत्पादनका साथ नेपालभरका ग्राहकहरुलाई उत्कृष्ट स्वाद प्रदान गर्न सक्ने ।

    बजारको पहुँचमा विस्तारः वितरण सञ्जालहरू बलियो बनाउँदै डेलिस उत्पादनहरूलाई नेपालभरका ग्राहकमाझ पुर्‍याउन सक्ने ।

    देशकै अग्रणी चीज उत्पादकः आयातित विदेशी दुग्धकोहालको निर्भरतालाई तोड्ने लक्ष्य सहित इलामको फिक्कलमा नयाँअत्याधुनिक कारखाना निर्माण गर्न सक्ने ।

    आईपीओ निष्काशनः घरेलु पूँजी बजारमा थप सकरात्मक प्रभाव पार्न आईपीओ निष्काशनको तयारी गर्न सक्ने ।

    एनआईएमबी एस क्यापिटल लिमिटेडका सीईओ शिवान्त बहादुर पाँडेज्युले यस सम्झौताबारे उत्साह व्यक्त गर्दै भन्नुभयो, “एनआईबीएल इक्विटी पार्टनर्स डेलीश डेरीसँग साझेदारी गर्न पाउँदा निकै हर्षित छ । डेलिज डेरिजको क्वालिटी, इनोभेसन र स्थानीय समुदायलाई सहयोग प्रदान गर्ने प्रतिबद्धता हाम्रो मिशनसँग पूर्ण रूपमा मेल खान्छ । यस लगानीलेनेपाली उपभोक्ताहरूलाई फाइदा पुर्‍याउने, रोजगारी सिर्जना गर्ने र राष्ट्रको समग्र आर्थिक विकासमा सहयोग पुग्नेमा हामी ढुक्क छौँ ।” डेलिस डेरिजका सह-संस्थापक र सीईओ सन्दीप पौडेलले आफ्नो उत्साह व्यक्त गर्दै भन्नुभयो, “एनआईबीएल इक्विटी पार्टनरको विशेषज्ञता र पूजीँ निष्काशनले हाम्रो विकासको मार्गमा उल्लेखनीय भूमिका खेलेको छ । यो साझेदारीले नेपालको अग्रणी दुग्ध उत्पादकको रूपमा रहेको हाम्रो स्थानलाई थप बलियो बनाउनेछ । यस लगानी मार्फत स्वदेशमा उत्पादित विभिन्न प्रकारका चिज र उच्च गुणस्तरका दुग्ध उत्पादन सहित डेलिसलाई एउटा प्रख्यात ब्रान्डको रूपमा स्थापित गर्न सहयोग पुर्‍याउनेकुरामा हामी विश्वस्त छौं ।”

    डेरिस डेरिजका प्राथमिकताहरु यस प्रकार रहेका छन्ः
    उत्कृष्ट गुणस्तरः उच्च गुणस्तर, प्राकृतिक र मिसावट-रहित दुग्ध उत्पादन मार्फत उपभोक्ताहरूले विश्वास जित्ने ।
    ग्राहकको स्वास्थ्यमा ध्यान : कम फ्याट र ग्लुटेन-रहित डेरी उत्पादनको आवश्यकताहरू पूरा गर्ने।
    स्थानीय स्रोत र समर्थनः स्थानीय किसानहरूलाई सशक्त बनाउन दूध मूल्य निर्धारण कार्यक्रमहरूकोपहलहरू गर्ने ।
    बलियो जनशक्तिः ७० जनाकोबलियो र सक्षम कर्मचारीहरूको टोली बनाउने ।

    यो लगानी सम्झौताले एनआईबिएल इक्विटी पार्टनर्स र डेलिस डेरिजको रोमाञ्चक नयाँ अध्यायको सुरुवात गरेको छ । यस साझेदारीले नेपालमा विश्वास र गुणस्तरको ब्राण्ड बन्ने डेरिजको लक्ष्यलाई थप उर्जा दिनेछ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ