काठमाडौं । राष्ट्रियसभा सदस्य नारायणदत्त मिश्रले पशुपतिनाथको मूर्ति सार्वजनिक गर्न माग गरेका छन् । सोमबार राष्ट्रियसभा बैठकमा उनले सरकारसँग यस्तो माग गरेका हुन् ।
मुलुकको पर्यटन विकासका निम्ति पशुपतिनाथको मूर्ति सार्वजनिक गर्न आवश्यक भएकामा उनले जोड दिए । उनले पशुपतिको पञ्चमुखी शिव भगवान्को मूर्ति विश्वमा कहीँ नभएको बताए । उक्त मूर्ति सार्वजनिक गर्न सके पर्यटनको विकासमा ठूलो मद्दत गर्ने उनको भनाइ थियो ।"पशुपतिनाथको मूर्तिलाई सार्वजनिक गराइदिऔँ । काशी विश्वनाथको मूर्ति सार्वजनिक भएको छ,” उनले भने, “पञ्चमुखी शिव भगवान्को यति राम्रो मूर्ति विश्वमा कहीँ पनि छैन ।
त्यसले पर्यटनको विकासमा ठूलो मद्दत गर्नेछ ।” सरकारले माछा, मासु, दूध र तरकारीको उत्पादन वृद्धि गरी आत्मनिर्भर भएर निकासी गर्न सक्नुपर्ने उनले बताए ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


