Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

बाइडेनले भन्दैमा कमला ह्यारिस राष्ट्रपतिको उम्मेदवार बन्ने छैनन्


ग्लोबल पाना
मंगलबार, साउन ८ २०८१
  • 365
    SHARES

  • images
    बाइडेनले भन्दैमा कमला ह्यारिस राष्ट्रपतिको उम्मेदवार बन्ने छैनन्

    काठमाडौं । जो बाइडेन आगामी जनवरीसम्म अमेरिकी राष्ट्रपति रहनेछन् । यसैबीच उनले यसै साता राष्ट्रका नाममा सम्बोधन गर्ने अपेक्षा गरिएको छ । जो बाइडेनले उपराष्ट्रपति कमला ह्यारिसलाई राष्ट्रपतिको उम्मेदवारको रूपमा मनोनयनलाई समर्थन गरे पनि यसको मतलब उनी डेमोक्रेटिक पार्टीको सम्भावित उम्मेदवार हुन् भन्ने होइन। डेमोक्रेटिक पार्टीमा राष्ट्रपतिको उम्मेदवारीका लागि प्रतिस्पर्धा जारी छ ।

    images
    images
    images

    निर्वाचनको दिन नजिकिँदै गर्दा पार्टीमा नयाँ उम्मेदवार बनाउने बाटो खुल्न सकेको छैन । डेमोक्रेटिक राष्ट्रिय महाधिवेशन अर्थात् डीएनसीले नयाँ उम्मेदवार चयन गर्ने ढाँचा तय गर्नेछ। अगस्ट १९ बाट सुरु हुने यस महाधिवेशनमा पार्टी प्रतिनिधिहरूले आधिकारिक रूपमा डेमोक्रेटिक पार्टीको राष्ट्रपतिको उम्मेदवार छनोट गर्न सक्नेछन् ।

    डीएनसीको नियम समितिले अर्को चरणहरूबारे छलफल गर्न बुधबार बैठक गर्ने बताएको छ। महाधिवेशनमा भाग लिने दलका प्रतिनिधिहरूले प्रायः प्राथमिक प्रक्रियामा छनोट भएका उम्मेदवारहरूलाई आफ्नो मत दिन्छन्। तर अब उनीहरुले अरु उम्मेदवारलाई भोट हाल्ने स्वतन्त्रता पाउनेछन् ।

    नयाँ उम्मेदवारलाई समर्थन गर्न पार्टी एकजुट भएन भने सन् १९६८ पछि पहिलोपटक खुला अधिवेशन गर्नु पर्ने हुनसक्छ । यसको मतलब यो हो कि यदि उनीहरूको अगाडि धेरै उम्मेद्वारहरू छन् भने, प्रतिनिधिहरूले कसलाई मतदान गर्ने भन्ने निणर्य गर्न स्वतन्त्र हुनेछन्।

    यसैबीच, जो बाइडेनले उम्मेदवारी छोडेपछि उपराष्ट्रपति कमला ह्यारिसको अभियानले २४ घण्टामा झण्डै ५० लाख डलरको कोष संकलन गरेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ