Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

श्री साशा इन्जिनियरिब हाइड्रोपावर लिमिटेडको आइपीओ निष्कासनका लागि एनआइएमबि एस क्यापिटल बिक्री तथा बिक्री प्रबन्धकमा नियुक्त


ग्लोबल पाना
मंगलबार, साउन ८ २०८१
  • 405
    SHARES

  • images
    श्री साशा इन्जिनियरिब हाइड्रोपावर लिमिटेडको आइपीओ निष्कासनका लागि एनआइएमबि एस क्यापिटल बिक्री तथा बिक्री प्रबन्धकमा नियुक्त

    काठमाडौं, साउन ०८ । श्री साशा इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले आफ्नो जारी पूँजीको २० प्रतिशतले हुन आउने २५,००,००० कित्ता साधारण शेयरहरु प्राथमिक सार्वजनिक निष्काशन मार्फत धितोपत्र निष्काशन गर्नको लागि श्री एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाण्डौलाई निष्काशन तथा बिक्री प्रबन्ध नियुक्त गरेको छ ।

    images
    images
    images

    सन्२००७ मा स्थापना भएको साशा इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले दोलखा जिल्लामा अवस्थित खानि खोलाको पानि प्रयोग गरि ३० मेगावाट क्षमताको खानि खोला (दोलखा) जलविद्युत आयोजनाको सर्वेक्षणका लागि विद्युत ऐन, २०४९ बमोजिम विद्युत उत्पादनको सर्वेक्षण अनुमति पत्र प्राप्त गरि उक्त आयोजनाबाट उत्पादन हुने विद्युत शक्ति खरिद बिक्री गर्नका लागि नेपाल विद्युत प्राधिकरण संग विद्युत खरिद-बिक्री सम्झौता समेत गरिसकेको छ ।

    हालसम्म उक्त आयोजनाको ९५ प्रतिशत निर्माण कार्य सम्पन्न भैसकेको छ । धितोपत्र निष्काशन सम्बन्धी सम्झौतापत्रमा निष्काशन कम्पनीका तर्फबाट अध्यक्ष श्री पवित्र कुमार कार्कीतथा र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री शिवान्त बहादुर पाँडेद्वारा हस्ताक्षर गरिएको छ । उक्त कार्यक्रममा साशा इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडका कम्पनी सचिव श्री दिलिप कुमार चौधरी तथा एनआइएमबि एस क्यापिटल लिमिटेडका महाप्रबन्धक श्री सचिन्द्र ढुङ्गानाको समेत उपस्थिति रहेको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ