Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

नेपालमा विश्वको प्रविधि र समृद्धि भित्र्याउने काममा लाग्न परराष्ट्रमन्त्रीको आग्रह


ग्लोबल पाना
बुधबार, साउन ९ २०८१
  • 289
    SHARES

  • images
    नेपालमा विश्वको प्रविधि र समृद्धि भित्र्याउने काममा लाग्न परराष्ट्रमन्त्रीको आग्रह

    काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आर्थिक कूटनीतिकका माध्यमबाट विश्वको समृद्धि तथा प्रविधि भित्र्याउने काममा लाग्न नेपालमा कार्यरत अवैतनिक वाणिज्यदूतहरुलाई आग्रह गरेकी छन्। नेपालमा कार्यरत अवैतनिक वाणिज्यदूतहरुको संस्था अनररी कन्सुलर, कर्पस नेपालको १७औँ वार्षिक साधारणसभा तथा ‘चार्टर डे’ समारोहलाई आज यहाँ सम्बोधन गर्दै मन्त्री डा राणाले भनिन्, ‘यहाँहरु यति धेरै देशसँग जोडिनुभएको छ, त्यो नेपालका लागि पनि खुसीको कुरा हो।

    images
    images
    images

    यहाँहरु जुनजुन देशसँग जोडिनुभएको छ, ती देशको समृद्धि, प्रविधि तथा ज्ञानलाई नेपालसम्म ल्याउन र ती देशबाट नेपालमा लगानी भित्र्याउने काममा लाग्न म यहाँहरुलाई आग्रह गर्दछु।’ मन्त्री डा. राणाले नेपालको संस्कृति, यहाँको पर्यटन र सम्पदाहरु संसारकै अलौकिक र अद्वितीय रहेकाले यिनको प्रचारगरी विश्वस्तरमा पुर्‍याउन आग्रह गर्दै संसारका पर्यटक नेपाल भित्र्याउने काममा अनररी कन्सुलरहरको भूमिका महत्वपूर्ण हुने धारणा पनि राखिन्। साथै उनले नेपालले लिएको शान्ति, मानव अधिकार र प्रजातन्त्रप्रतिको प्रतिबद्धताको सन्देश पनि विश्वमा पुर्‍याउन आग्रह गरिन्।

    मन्त्री डा. राणाले संसारमा नेपालको अलग्गै पहिचान रहेको र हाम्रो परम्परा र सम्पदाहरु विश्वका पर्यटकहरुका लागि आकर्षणका केन्द्र भएकाले विश्वका यतिधेरै देशससँग जोडिएका वाणिज्यदूतहरुले नेपालमा पर्यटन क्षेत्रको प्रवर्धनका लागि लाग्नुपर्नेमा जोड दिइन्। उनले नेपाल अब राजनीतिक स्थायित्वमा प्रवेश गरेकाले वैदेशिक तथा स्वदेशी लगानीका लागि पनि लाग्नुपर्नेमा जोड दिइन्।

    मन्त्री डा. राणाले भनिन्, ‘मलाई लाग्छ राजनीतिक अस्थिरताका कारण पनि धेरै कुरामा असर पर्दछ। अब देशका दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र एमाले मिलेर सरकार निर्माण गरेकाले देशमा राजनीतिक स्थायित्वको वातावरण निर्माण भएको छ। त्यसैले यहाँहरुलाई ढुक्क भएर लगानी गर्न र नेपालमा बढीभन्दा बढी वैदेशिक लगानी भित्र्याउने काममा लाग्न पनि मेरो आग्रह छ।’

    उनले नेपालमा यी दुई ठूला दल मिल्दा देशमा समय समयमा ठूला र महत्वपूर्ण राजनीतिक परिवर्तन भएका स्मरण गर्दै अब पनि यी दलको संयुक्त सरकारबाट देशमा राजनीतिक स्थायित्व र समृद्धि आउने विश्वास दिलाइन्। नेपालमा कार्यरत ६२ देशका अवैतनिक वाणिज्यदूतहरुको यो संस्थाले आज नयाँ डिनमा नेपाल उद्योग वाणिज्य महासंघक अध्यक्ष चन्द्रप्रसाद ढकाल र भाइ डिनमा भोलाविक्रम थापालाई चयन गरेको छ।

    यसअघिका डिन विष्णु अग्रवालले सो पद ढकाललाई हस्तान्तरण गरेका छन्। ढकाल नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्यदूत हुन्। सो अवसरमा डिन ढकालले आफूहरुले आर्थिक र सांस्कृतिक रुपमा देशलाई विश्व समुदायसँग जोड्दै आएको बताए।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ