Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

समावेशीतालाई समाप्त पार्न गठबन्धन गरिएको हैन : पूर्व अर्थमन्त्री महत


ग्लोबल पाना
बुधबार, साउन ९ २०८१
  • 268
    SHARES

  • images
    समावेशीतालाई समाप्त पार्न गठबन्धन गरिएको हैन : पूर्व अर्थमन्त्री महत

    साउन ८ चितवन । देशको विषम परिस्थिीतिका कारण नै दुई ठुला दल मिल्न परेको पूर्व अर्थमन्त्री एवम् नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले बताउनु भएको छ । नेपाली कांग्रेस क्षेत्र ३ प्रदेशको आयोजनामा बुधवार पश्चिम चितवनको शारदानगरमा प्रजातन्त्र सेनानी टिकाराम भण्डारीको सातौ दिनको पुण्य तिथीका दिन आयोजीत शोकसभामा शोक मन्त्वय राख्दै उहाँले यस्तो बताउनु भएको हो ।

    images
    images
    images

    सो क्रममा उहाँले सामान्यतया दुई ठुला दल एक सत्तामा र अर्का प्रतिपक्षमा बस्नुपर्ने भएपनि जनताको मतको कदर गर्दे दुई ठुला दल मिल्न परेको प्रष्टाउनु भयो । उहाँले भन्नुभयो “तेस्रो, चौथो दलले नेतृत्व गर्दा उसमा म नै सर्वेसर्वा हो, म जे चाहन्छु त्यही हुन्छ भन्ने मानसिकता बिकसीत भएको कारण दुवै बिच गठबन्धन गर्नुपर्ने भएको हो” ।

    उहाँले यो परिस्थीतिमा धेरै विश्लेषकहरुका अनुसार पनि आशा र चुनौती दुवै थपेको भन्नुभयो । उहाँले यो भन्दा अर्का परिक्षण निवार्चन भन्दा अघि नभएको भन्नुहुदै, नेपाली कांग्रेसले पनि आफ्ना कमीकमजोरीलाई छोडेर यर्थाथको धरातलमा उभिएर पार्टी मात्र सर्वापरि होइन जनतालाई केन्द्रमा राखेर कार्य गर्ने भनाई राख्नु भयो ।

    उहाँले संविधान संशोधनका विषयमा माओवादी पार्टी लगायतकाले पछाडि परेको वर्ग, क्षेत्र, महिला लगायतको समानुपातिक अधिकार खोस्न लागे भन्ने अपवाफ फैलाएर सहानुभुति लिन खोजेको आरोप लगाउनु भयो ।

    सो क्रममा उहाँले भारत लगायतका देशका निवार्चन प्रणालीहरु अध्ययन गरेर एकल पार्टीको बहुमत आउन सक्ने निवार्चन प्रणालीको लागि संविधान संशोधन आवश्यक भएको भनाई राख्नु भयो । पूर्व मन्त्री महतले समावेशीतालाई समाप्त पार्नको लागि संविधान संशोधन गर्न लागे भन्नु गलत भएको भन्नुहुदै उहाँले समावेशीतालाई सुनिश्चित गरेर निवार्चनमा जान सकिने बताउनु भयो ।

    डा. महतले स्थायी सरकारका लागि पनि बहुमत ल्याउने सक्ने निर्वाचन प्रणाली जानु आवश्यक रहेको प्रष्टाउनु भयो । सो शोकसभामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेक प्रसाद गुरुङले दिवंगत प्रजातन्त्र सेनानी भण्डारीको योगदान बारे चर्चा गर्नुभएको थियो ।

    कांग्रेस क्षेत्र ३ प्रदेश (क) का सभापति खेमनारायण सापकोटाको अध्यक्षतामा भएको सो कार्यक्रममा कांग्रेस चितवनका पार्टी सभापति राजेश्वर खनाल ,प्रवक्ता अनमोल अधिकारी, पूर्व पार्टी सभापति तोपमान सिंह गुरुङ, कांग्रेस भरतपुर २० का वडा सभापति तम बहादुर पुन, दिवंगत भण्डारीका छोरा कांग्रेस चितवनका युवा नेता सोम प्रसाद भन्डारी, लगायतले बोल्नु भएको थियो ।

    सो क्रममा नेपाली कांग्रेस, प्रदेश समिति , वडा समिति का साथै, शारदानगर जेसिज, परमानन्द वैदिक सस्कृंत गुरुकुल, रेडियो साहिनो, क्षेत्री समाज चितवन, शारदानगर, टोल बिकास सस्था लगायत विभिन्न संघ सस्थाहरुको समवेदना पत्र हस्तान्तरण गरिएको थियो ।

    सो कार्यक्रमको सहजिकरण कांग्रेस बाग्मतीका सचिव आनन्द सुवेदी गर्नुभएको थियो । तत्कालिन शारदानगर गाउँ पँञ्चायत वडा ५ का वडा अध्यक्ष समेत रहनु भएका प्रजातन्त्र सेनानी भण्डारीको गत साउन ३ गते ८४ वर्षको उमेरमा भरतपुर २० स्थित निवास शारदानगरमामा नै निधन भएको थियो ।

    उहाँले क्षेत्री समाज चितवको भवन निमार्णको लागि ५० लाख मुल्य पर्ने जग्गा समेत दान गर्नुभएको छ । उहाँको श्रीमती, ३ छोरा र २ छोरी रहनुभएको छ । सो शोकसभा कार्यक्रममा संविधान सदस्य विण्णुमाया परियार, बाग्मती प्रदेशसभा सदस्य माया श्रेष्ठ, भरतपुुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, पूर्व उपप्रमुख पार्वती शाह ठकुरी, कांग्रेस चितवनका उपसभापति राजिव न्यौपाने, माडीनगरपालिकाका उपप्रमुख खेमराज महत्तो, भरतपुर महानगरपालिका विभिन्न वडाका वडा अध्यक्षहरु लगायत कांग्रेस चितवनका नेता तथा कार्यकर्ता सहित विभिन्न सामाजिक व्याक्तित्वहरु को बाक्लो उपस्थिती रहेको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ