काठमाडौं । सरकारले सौर्य एयरलाइन्सको विमान दुर्घटनाको शोकमा बिहीबार (आज) राष्ट्रिय झन्डा आधा झुकाउने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले झन्डा आधा झुकाउने निणर्य गरेको थियो । बैठकले पाँच सदस्यीय जाँचबुझ आयोग पनि गठन गरेको छ ।
बुधबार बसेको मन्त्रीपरिषद् बैठकले दुर्घटनाको कारण पहिचान गरी आगामि दिनमा यसकिसिमको दुर्घटना हुन नदिन अपनाइनुपर्ने सुझावसहितको प्रतिवेदन ४५ दिनभित्र पेस गर्न छानबिन समिति गठन गर्ने निणर्य गरेको सरकारका प्रवक्ता पृथ्वी सुव्वा गुरुङ्ले जानकारी दिए ।
उनले भने,‘दुर्घटनाको कारण पहिचान गरी आगामि दिनमा यसकिसिमको दुर्घटना हुन नदिन अपनाइनुपर्ने सुझावसहितको प्रतिवेदन ४५ दिनभित्र पेस गर्न श्री रतिशलाल कणर्को संयोजकत्वमा ५ सदस्यीय दुर्घटना जाँच आयोग गठन भएको छ ।’
.gif)




 x 450 (H) Global Pana.jpeg)


